कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो
वीरगंज संजाल
२९ बैशाख २०७७, सोमबार ०९:१९
३४०५
कपिलवस्तु | कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएबमे परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, र दुई जना ३४ वर्षीया पुरुषहरु रहेका छन् भने एक जना उमेर नखुलेका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
सहप्रवक्ता अधिकारीका अनुसार संक्रमित सबै जनाको अवस्था सामान्य रहेको छ ।