सोमबारदेखि सर्वोच्चले यी सेवा प्रवाहलाई खुकुलो बनाउँदै
वीरगंज संजाल
२९ बैशाख २०७७, सोमबार ००:५२
३३५१
काठमाडौं | सर्वोच्च अदालतले यसअघि रोकेको सेवा प्रवाहलाई केहि खुकुलो बनाउने भएको छ। लकडाउन लम्बिँदै गएपछि स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सर्वोच्च अदालतमा सेवा प्रवाह बढाउन लागेको अदालतले जनाएको छ।
आइतबार बसेको सर्वोच्चको पूर्ण बैठकले सोमबार (भोली) देखि नेपाल सरकार निवेदक भएको मुद्धा दोहोर्याइ पाउँ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्धाको सुनुवाई सुरु गर्ने भएको छ ।
यसअघि लकडाउनको समयमा बन्दी प्रत्यक्षीकरण रिट र कोभिड १९ सँग सम्बन्धित मुद्धामात्र सुनुवाई गर्ने निर्णय गरेको थियो ।