मलेसियाको एउटै कम्पनीमा ३३ जना नेपालीमा कोरोनाको संक्रमण देखियो
वीरगंज संजाल
२७ बैशाख २०७७, शनिबार २०:१०
७३४५
मलेसिया | कृष्ण | मलेसियामा कोरोनाको संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । मलेसियामा रहेका विदेशी कामदारहरु यसको प्रत्यक्ष मारमा पर्न थालेका छन् । उसो त मलेसियन नागरिकलाई मात्रै नभई विदेशी कामदारहरुमा समेत कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि मलेसियामा रहेका नेपालीहरु पनि त्रसित हुन थालेका छन् ।
आज मे ९ तारिख शनिबार सम्म ५३ जना नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मलेसियाको नेगेरी सेम्बिलान राज्यमा पर्ने पेडास , रेम्बाउ भन्ने ठाउँमा अवस्थित कुखुराको मासु उत्पादक एक कम्पनीमा कार्यरत बिदेशी कामदारहरुमा कोरोना जाँच चलिरहेको छ । सो कम्पनीमा सयौंको संख्यामा नेपाली श्रमिक कार्यरत छन् । सो कम्पनीमा चेकजाँच गर्दा आजसम्म ३३ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियन स्वास्थ्य मन्त्रालयले एक सुचना मार्फत सार्वजनिक गरेका छ्न । यो संगै मलेसियामा कोरोनाले संक्रमित नेपालीको संख्या जम्मा ५३ जना पुगेको छ्न , जसमध्ये ३ जनाले उपचार सकिएर निको भैईसकेको सम्बन्धित निकायले जनाएको छ ।
अहिलेसम्म मलेसियामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ८९ पुगेको छ । त्यसमध्ये ४ हजार ९ सय २९ जना निको भैईसकेको छ्न भने अझै १ हजार ५ सय ५२ जना अस्पतालमा उपचाररत रहेका छन् । कोरोना भाइरसका कारण अहिले सम्म मलेसियामा १ सय ८ जनाको मृत्यु भइसकेको छ । हिजो शुक्रवारसम्म मलेसियामा ४५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर आज सो संख्यामा ८ जना थपिएर, बढेर ५३ जना पुगेको हो , तर कोरोनको संक्रमणका कारण अहिलेसम्म कुनैपनी नेपाली श्रमिकको मृत्यु भएको छैन।