विश्वभर कोरोना : ३९ लाख ३५ हजार संक्रमित, २ लाख ७४ हजारको मृत्यु
वीरगंज संजाल
२७ बैशाख २०७७, शनिबार ०६:४७
२५८७
वीरगंज | विश्वभर कोरोना संक्रमितको संख्या ३९ लाख ३५ हजार ७ सय ६४ पुगेको छ। संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १२ लाख ८३ हजार ८ सय २९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार स्पेनमा २ लाख २२ हजार ८ सय ३५, इटालीमा २ लाख १७ हजार १ सय ८५, बेलायतमा २ लाख १२ हजार ६ सय २९, रुसमा १ लाख ८७ हजार ८ सय ५९, फ्रान्समा १ लाख ७६ हजार २ सय ९ जनामा संक्रमण पुष्टि भएको छ।विश्वभर २ लाख ७४ हजार ६ सय ५१ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ७७ हजार १ सय ७८ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा ३१ हजार ३ सय १५, इटालीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २ सय ९९, फ्रान्समा २६ हजार २ सय ३३, ब्राजिलमा ९ हजार ९ सय ९२ जनाको मृत्यु भइसकेको छ।त्यस्तै, विश्वभर १३ लाख ११ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ।
त्यहाँ १ लाख ९८ हजार ९ सय ९३, जर्मनीमा १ लाख ४१ हजार ७ सय, स्पेनमा १ लाख ३१ हजार १ सय ४८, इटालीमा ९९ हजार २३ जना संक्रमणमुक्त भएका छन्।नेपालमा पनि १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये ३१ जना संक्रमणमुक्त भइसकेका छन्।