• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘ट्राभल हिस्ट्री’ ले भेटाएका संक्रमित

  • वीरगंज संजाल
  • १८ बैशाख २०७७, बिहीबार २०:२८
  • २९५९

    बारा | दुई छिमेकी जिल्ला पर्सा र रौतहटमा कोरोना संक्रमितको संख्या थपिदै जाँदा बारामा भने यसको संख्या शून्य थियो । भारतीय सीमासँग जोडिएको भएपनि बारामा संक्रमणले प्रवेश पाएको थिएन ।

    जिल्लाका सबै स्थानीय तहले आफ्नो क्षेत्रमा क्वारेन्टाइन स्थापना गरेर शंकास्पद व्यक्तिलाई निगरानी गर्दै आएका थिए । भारतसहित अन्य मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेर परीक्षणपछि मात्रै घर पठाउने गरिएको थियो।

    खुल्ला सीमा र छिमेकका दुई जिल्लामा बढ्दै गएको संक्रमितको संख्याले बारा उच्च जोखिममा भने थियो । स्थानीय प्रशासन र सुरक्षा संयन्त्रले सीमासहित शंकास्पद स्थानमा निरन्तर निगरानी गर्दै आएका थिए । कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न स्थानिय तहमा जनप्रतिनिधिको सक्रियता बढीनै देखिन्थ्यो । तर एकैदिन दुईजनामा संक्रमण देखिएपछि स्थानीय सरकार, प्रशासन र सुरक्षा निकायलाई थप रणनीतिसहित अघि बढ्न चुनौती थपिएको छ ।

    बारामा भेटिएका दुई संक्रमित ‘ट्राभल हिस्ट्री ‘ को माध्यमबाट खुलेका हुन् । वीरगंजका एक पुरुषमा बैशाख १४ गते कोरोना पोजिटिभ देखिएपछि उनको (ट्राभल हिस्ट्री)ले स्थानीय प्रशासनलाई बाराका पुरुषसम्म ल्याएको हो । कोरोना संक्रमण देखिएका वीरगंज महानगरपालिका १६ ईनर्वाका पुरुषसँगै उनीहरु भारतको नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिगी जमातको धार्मिक मेलामा सहभागी भएर फाल्गुन २९ (मार्च ११) गते नेपाल फर्किएको ‘ट्राभल हिस्ट्री’ बाट खुलेको हो ।

    ‘ट्राभल हिस्ट्री’ मार्फत खोजि सुरु गरेर भेटिएका उनीरुलाई बैशाख १४ गते नै जीतपुरसिमरा उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विशेष अस्तालको आइसोलेसन वार्डमा राखिएको थियो । सोही दिन उनीहरुको स्वाब वीरगंजको नारायणी कोभिड अस्पतालहुँदै काठमाडौंस्थित टेकु पठाइएको थियो । नेपाल आएको ४९औं दिनमा उनीहरुमा कोरोना पोजिटिभ पुष्टि भएको हो । उनीहरुलाई बुधबार वीरगन्जस्थित कोभिड अस्पताल लगिएको छ ।

    कोरोना पोजिटिभ देखिने जीतपुरसिमरा उपमहानगरपालिका ७ का ४३ वर्षीय र सिम्रौनगढ ४ हरिहरपुरका ३१ वर्षीय पुरुष हुन् । सिम्रौनगढका पुरुषलाई जीतपुरसिमरा उपमहानगरपालिका १९ ईनर्वासिरास्थित मदर्शाबाट र जीतपुरका पुरुषलाई आफ्नै घरबाट नियन्त्रणमा लिएर कोरोना विशेष अस्पताल लगिएको थियो । सिम्रौनगढका पुरुष ईनर्वासिरामा रहेको मदर्शामा पढाउने मौलाना (शिक्षक) हुन् । मदर्शा बन्द रहेपनि नेपाल आएलगत्तै उनि त्यही बस्दै आएका थिए ।

    संक्रमण देखिएपछि दुवैको ‘ट्राभल हिस्ट्री’ खोजी र ‘कन्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । त्यसका लागि नेपाली सेनाको नेतृत्वमा टोली बनाएर काम सुरु गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । ‘संक्रमित भेटिएपछि सम्भावित जोखिम नियन्त्रणका लागि उनीहरुको सम्पर्कमा आएका व्यक्ति पहिचान गरी परिक्षण गर्न सेनाको नेतृत्वमा टोली खटिएको छ,’ प्रजिअ पण्डितले भने,’ त्यसबाहेक उनिहरु बस्दै आएको स्थानलाई सिल गरेर आवतजावत बन्द गरेका छौं।’

    प्रहरीले उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका सातजनालाई बुधबारनै आइसोलेसनमा राखेको छ । उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि वीरगन्ज पठाइएको छ । जीतपुरका पुरुषको पत्नी, भाइसहित परिवारका पाँचजनालाई सिमरास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ । भाइको परिवारलाई भने घरभित्रै क्वारेन्टाइनमा रहने व्यवस्था मिलाएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पुरीले जानकारी दिए ।

    सिम्रौनगढका मौलानालाई मदर्शामा खाना खुवाउने व्यक्तिलाई सिमरा र उनलाई मोटरसाइकल राखेर आवतजावत गर्ने चालकलाई भने वीरगन्जस्थित आइसोलेनमा राखिएको छ । मौलानाका मोटरसाइकल चालक वीरगन्ज गएको अवस्थामा उनलाई उतै नियन्त्रणमा लिएर आइसोलेसनमा राखिएको डीएसपीले बताए ।

    संक्रमित दुई व्यक्ति नेपाल आएदेखि उनीहरुको कहाँ पुगे र कोसँग भेटे भन्ने कुरा पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासन यतिबेला लागिपरेको छ । वीरगन्ज कोभिड अस्पतालमा रहेका उनीहरुसँग फोनमा कुरा गर्दै प्रहरीले थप जानकारी लिइरहेको छ । ‘हामीले अस्पतालबाटै जानकारी लिइराखेका छौं, फोनमा निरन्तर कुरा भइरहेको छ, ‘डीएसपी पुरीले भने ‘उनीहरुको सम्पर्कमा आएका सबैको परीक्षण गर्नेछौं।’

    संक्रमित भेटिएलगत्तै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, नेपाली सेनाका प्रमुख सेनानी पारस बिक्रम शाह, प्रहरी उपरिक्षक कृष्ण पंगेनी, सशस्त्र प्रहरी उपरिक्षक दिगविजय सुवेदी, राष्ट्रिय अनुसन्धान बाराका उपअनुसन्धान निर्देशक बिमल घिमिरे, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैह्रेसहितको टोलीले संक्रमित बसेको स्थानको स्थलगत निरीक्षण गरेर सो क्षेत्रलाई सिल गर्न र प्रहरी निगरानी बढाएर आवतजावत रोक्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुवै स्थानमा प्रहरी परिचालन गरि निगरानी बढाएको डीएसपी पुरीले बताए। anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑