• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको कहर, २० करोड मान्छेलाई मृत्यु शैयामा पुर्‍याउने प्लेग र अरु महामारीको कथा

  • वीरगंज संजाल
  • १९ बैशाख २०७७, शुक्रबार ०५:१४
  • ५९७३

    वीरगंज । विश्व कोरोना भाइरसको चपेटमा छ । संसारभरका मानिस त्राहिमामको अवस्थामा पुगेका छन् । २१ हजार २ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब ५ लाख मानिसमा संक्रमण देखिएको छ । उचित र सुलभ परीक्षणको व्यवस्था गर्न नसक्दा भित्रभित्रै यो रोगले कतिको शरीरमा अड्डा जमाइसकेको छ भन्न सकिने अवस्था छैन ।

    नेपाल जस्ता सुलभ स्वास्थ्य सेवा र प्रणाली नभएका मुलुकहरु सबैभन्दा बढी मारमा पर्ने खतरा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको यो भाइरसले चीनमा करिब ३३ सय मानिसको ज्यान लिइसकेपछि नियन्त्रणको दिशामा छ । तर भारतजस्ता धेरै जनसंख्या भएका मुलुकमा यो अनियन्त्रत बन्ने हो कि भन्ने खतरा मडारिएको छ । नेपाल साता दिन लकडाउन अर्थात् बन्दाबन्दीमा रहेको छ भने यो अरु केही साता लब्बिने सरकारी अधिकारीहरुले बताइरहेका छन् । भारतले त एकै पटक तीन साताका लागि लकडाउन घोषणा गरेको छ ।

     

    इटाली, स्पेन, अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायतका राम्रा स्वास्थ्य उपचार पद्धती भएका मुलुक समेत नराम्ररी यो भाइरसको चपेटमा आएका छन् । सबैभन्दा बढी इटालीमा ७५ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । स्पेनले चीनलाई मृत्युको आंकडामा उछिनेको छ । त्यहाँ ३६ सयभन्दा बढीको ज्यान गैसकेको छ । संसारभरका वैज्ञानिक यो भाइरसलाई कसरी नियन्त्रणमा लिने भन्दै खोप र औषधिको विकास र परीक्षण गदैछन् ।

    भाइरसको उपचार पद्धति खोज्नुपर्ने समयमा मानिस मानिसको बीचमा नश्लीय विभेदका खबरहरुसमेत आउन थालेका छन् । स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति रंगभेदी रहेको भन्दै तीब्र आलोचना भइरहेको छ । चीनबाट शुरु भएको यो भाइरसले विश्वव्यापी आकार मात्र ग्रहण गरेको छैन प्रसिद्ध वैज्ञानिकहरुलाई भाइरसको खोप पत्ता लगाउन धौ धौ परेको छ । यही बेला चिनियाँदेखि पूर्वी एशियाई अनुहारका मानिसमाथि नश्लीय विभेद र आक्रमणका खबर आएका छन् । यस्ता भाइरल बन्ने रोग चीनबाट फैलिएको भन्दै चीनसँग सम्बन्ध नै नभएका मानिसहरुमाथि समेत दुर्व्यवहार बढेको छ ।
    तर, यस्ता भाइरस भाइरल बन्न अनुहार विशेषको कुनै दोष हुन्न भन्ने मानव जगतले हृदयदेखि नै स्वीकार्नु जरुरी छ । यसैपनि प्राकृतिको चेपमा फसेका दुःखी मानिसहरुबीचमा एकापसमा द्रोह र द्वैष निम्त्याउने क्रियाकलाप रोकिनु पर्दछ । विश्व स्वास्थ्य संगठनले यो भाइरसको नाम लिँदा कुनै देश वा जात विशेषमा जोडेर अपब्याख्या नगर्न सचेत गराइसकेको पनि छ । कोभिड –१९ वा कोरोना भाइरस भन्न उसले भनेको छ । यो भाइरसको महामारीसँगै विश्वले यसअघि खेपेको यस्तै महामारीको खोज हुन थालेको छ ।
    संसारमा यस्ता महामारी पहिलो पटक भएको होइन । कोरानाभन्दा ठूला र संसारमा महामारीको रुप लिएका रोगसँग विश्वले अनेकौं पटक जुधेको छ । र करोडौंको संख्यामा मानवीय क्षति व्यहोर्दै फेरि यस्ता रोग नियन्त्रण गर्न विजय प्राप्त गरेको छ । आशा गरौं कोरोनामाथि पनि मानिसले चाँडै विजय पाउने छ । कुनै समय हैजा, बुबोनिक प्लेग, बिफर, र इन्फ्लूएन्जा मानव इतिहासको सबैभन्दा क्रूर हत्याराका रुपमा चित्रित थिए । यी रोगलाई मानिसले बनाएका सीमाले रोक्न सकेन । १२ हजार वर्ष अस्तित्वमा रहेको बिफर रोगले त तीस करोडदेखि ५० करोड मानिसलाई मृत्युको मुखमा पुर्‍याएको विश्वास गरिन्छ । प्लेगले त २० करोड मानिसलाई स्वाहा बनाएको थियो ।
    नयाँ प्रकोपका रुपमा फैलिएको इबोला भाइरसले हजारौं व्यक्तिको ज्यान लिएको भर्खरका वर्षमात्र हो । जसले सबैभन्दा बढी पश्चिमी अफ्रिकामा असर र्पुयायो र करिब १२ हजार मानिस मृत्युको मुखमा पुगे । यसको संक्रमण युरोप र अमेरिकासम्म फैलियो । २००९ मा विश्वभर महामारीको रुपमा फैलिएको फ्लू पाण्डेमिकले विश्वभर करिब २ लाख मानिसको मृत्यु भयो । २००९ को मार्चमा मेक्सिकोमा दुई अमेरिकी बच्चामा देखिएको स्वाइन फ्लू भनेर चिनिने इन्फ्लुएन्जा एच वान एन वानले अमेरिकामा एक लाख १५ हजार बढी संक्रमित भएका थिए । २०१५ मा भारतमा फैलिएको स्वाइन फ्लूमा दुई हजार बढीको मृत्यु भएको थियो ।
    यस्तो छ, ठूला महामारी र त्यसले मृत्यु भएकाको संख्या
    एचआईभी र एड्स महामारी
    मृत्यु संख्याः ३ करोड ६० लाखभन्दा बढी
    धेरै प्रभावित वर्षः सन् २००५ देखि २०१५
    सन् १९७६ मा पहिलो पटक कंगो प्रजातान्त्रिक गणतन्त्रमा पहिचान गरिएको एचआईभी र एड्सले सन् १९८१ यता ३ करोड ६० लाखभन्दा बढी मानिसको प्राण लिएको तथ्यांक छ । वर्तमानमा तीनदेखि साँढे तीन करोड मानिस एचआईभीका साथ बाँचिरहेको अनुमान छ । जसमा धेरैजसो अफ्रिका उपसहारा महाद्वीपका रहेका छन् । जहाँ २ करोड मानिस यस समस्यासँग जुधिरहेको बताइएको छ । तर जनचेतना, संयमित र अनुशासित जीवनशैली, औषधि र खोपको विकाससँगै अब यो रोग मानिसको नियन्त्रणमा आउँदैछ । २००२ देखि २०१२ मा वार्षिक २ दशमलव २ मिलियन मृत्युदर रहेको यो रोग अब १ दशमलव १ मिलियनमा झरेको छ ।
    फ्लू महामारी (सन् १९६८)
    मृत्यु संख्याः दश लाख
    कारणः इन्फ्लुएन्जा
    हङकङ फ्लूसमेतको नामले चिनिने यो फ्लू एच थ्री वान टू अनुवंश अन्तर्गतको भाइरस हो । १३ जुलाई १९६८ मा पहिलो पटक चीनको हङकङमा पहिचान भएको यस भाइरसले १७ दिनमै सिंगापुर र भियतनामलाई चपेटमा पा¥यो । तीन महिनामा त फिलिपिन्स, भारत, अष्ट्रेलिया, युरोप र अमेरिकासम्म फैलियो । महामारीको हिसाबमा यसको मृत्यु दर भने कम मानिएको थियो । दशमलव ५ प्रतिशत मृत्युदर रहेको यस महामारीमा दश लाखभन्दा बढी मानिस मारिएका थिए । पाँच लाख मानिस त हङकङमा मात्र मरेका थिए ।
    एशियन फ्लू (सन् १९५६–१९५८)
    मृत्यु संख्याः बीस लाख
    कारणः इन्फ्लुएन्जा
    एसियन फ्लू एच टू एन टू प्रकारको इन्फ्लुएन्जाको महामारी हो । सन् १९५६ मा चीनमा फेला परेको यो भाइरस १९५८ दुई वर्षसम्म रह्यो । दुई वर्षको अवधिमा चिनियाँ प्रान्त गुइझाउबाट सिंगापुर, हङकङ र अमेरिकासम्म पुगेको थिो । विश्व स्वास्थ्य संगठनले करिब २० लाख मानिसको मृत्यु भएको त्यसमा करिब ७० हजार अमेरिकाका बासिन्दा रहेको जनाएको थियो ।
    फ्लू महामारी (सन् १९१८–१९२०)
    मृत्यु संख्याः २ देखि ५ करोड
    कारणः इन्फ्लुएन्जा
    सन् १९१८ देखि १९२० को दुई वर्षे अवधिमा विश्वव्यापी भएको यस महामारीले २ देखि ५ करोड मानिस मारेको अनुमान छ । स्पेनिश फ्लू भनिने यो इन्फ्लूएन्जा डरलाग्दो घातक प्रकोपका रुपमा संसारमा फैलिएको थियो । जसले विश्वको जनसंख्याको एक तिहाइभन्दा बढी मानिसलाई संक्रमित गरेको मानिन्छ । ५० करोड मानिस प्रभावित भएकामा मृत्युदर नै १० देखि २० प्रतिशत रहेको मानिन्छ । पहिलो २५ हप्तामै २ करोड ५० लाख मानिसले ज्यान गुमाएका थिए ।
    छैटौं हैजा महामारी (सन् १९१०–१९११)
    मृत्यु संख्याः ८ लाखभन्दा बढी
    कारणः हैजा
    अघिल्ला पाँच प्रकरणझै छैठौं हैजा पनि भारतमै शुरु भएको थियो । यसले मध्यपूर्व, उत्तर अफ्रिका, पूर्वी यूरोप र रसियामा फैलनुअघि नै ८ लाखको ज्यान लिएको थियो । छैठौं हैजा महामारीको स्रोत पनि अघिल्ला झै अमेरिकी हैजाकै थियो । यद्यपि अनुभवका कारण अमेरिकाले सतर्कता अपनाएकाले त्यहाँ ११ जनाको मात्र मृत्यु भएको थियो ।
    फ्लू महामारी (सन् १८८९–१८९०)
    मृत्यु संख्याः दश लाख
    कारणः इन्फ्लुएन्जा
    शुरुमा एशियन फ्लू वा रूसी फ्लू मानिएको थियो । पहिलो घटना मे १८८९ मा मध्य एशियाको तुर्कस्तानको बुखारा, उत्तरपश्चिम क्यानाडाको अथाबास्का र ग्रीनल्याण्डमा फेला परेको थियो । तीब्र  जनसंख्या वृद्धि भइरहेको १९ औं शताब्दीमा यसको बढी असर शहरी क्षेत्रहरूमा प¥यो र चाँडै नै संसारभर फैलिँदा महामारीमा दस लाखभन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।
    तेस्रो हैजा महामारी (सन् १८५२–१८६०)
    मृत्यु संख्याः दश लाख
    कारणः हैजा
    १९ औं शताब्दीमा फैलिएको घातक महामारी १८५२ देखि आठ वर्ष रह्यो । १८६० मा नियन्त्रणमा आउनुअघि पहिलो र दोस्रो हैजा महामारीझै यो भारतको गंगा किनारबाट संसारभर फैलिएको थियो । गंगा नदी डेल्टाबाट फैलिएको यो महामारीले एशिया, यूरोप, उत्तर अमेरिका र अफ्रिकाका दश लाखभन्दा बढी व्यक्तिको जीवन अन्त्य गरेको थियो । बृटिश चिकित्सक जोन स्नोले दूषित पानी रोग सार्ने माध्यम भन्ने पुष्टि गरे । त्यसैवर्ष अर्थात् १८५४ मा भने बृटेनमा सबैभन्दा बढी २३ हजार मानिस यसको शिकार बनेका थिए ।
    दि ब्ल्याक डेथ (सन् १३४६–१३५३)
    मृत्यु संख्याः ७ करोड ५० लाखदेखि २० करोड
    कारणः बुबोनिक प्लेग
    सन् १३४६ देखि १३५३ सम्म सात वर्ष यस महामारीको प्रकोपमा युरोप, अफ्रिका र एशियाली देशहरु परे । विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने यस महामारीले साँढे सात करोडदेखि २० करोड मानिसको ज्यान लिएको अनुमान छ । एशियामा उत्पत्ति भएको ठानिएको महामारी सार्ने कारकका रुपमा मुसालाई ठानिन्छ । व्यापारीका जहाजहरूमार्फत् संक्रमित मुसा शहरी क्षेत्रमा प्रवेश गर्दा विकराल बनेको यस महामारीले तीन महादेशमा विनाशकारी स्वरुप लिएको थियो ।


    जस्टिनियनको प्लेग (सन् ५४१–५४२)
    मृत्यु संख्याः २ करोड ५० लाखदेखि ५ करोड
    कारणः बुबोनिक प्लेग
    जस्टिनियन महामारी तात्कालीन युरोपको आधा जनसंख्या मार्ने रोगका रुपमा चिनिन्छ । यो बुबोनिक महामारीकै प्रकोप थियो । जसले बाइजान्टिन साम्राज्य र भूमध्यसागरीय बन्दरगाह शहरहरू चपेटमा आएका थिए । वर्ष दिन लामो आतंकमै यसले डेढ करोड मानिसलाई मृत्युको मुखमा र्पुयाएको थियो । कतिले त यो संख्या ५ करोड रहेको पनि बताएका छन् । बुबोनिक प्लेग मानिएको जस्टिनीको महामारीले पूर्वी भूमध्यसागरको एक चौथाई जनसंख्या नै स्वाहा बनाइदियो । प्रतिदिन पाँच हजार मानिस यस रोगबाट भएको मान्निछ ।
    एन्टोनिन प्लेग (१६५–१८० एडी)
    मृत्यु संख्याः ५० लाख
    कारणः अज्ञात
    गलेनको प्लेग भनेर चिनिएको एन्टोनिन प्लेगलाई पुरानो महामारी मानिन्छ । जसले एशिया माइनर, इजिप्ट, ग्रीस र इटालीमा धेरै असर पारेको थियो । वास्तविक कारण थाहा नभएको योरोगलाई बिफर या हैजाकै रुप हुनसक्ने अनुमान भने गरिन्छ । यो रोग भने मेसोपोटामियाबाट फर्किएका सैनिकबाट रोम साम्राज्यमा फैलियो र रोमन सैनिकको मृत्युको कारण बनेको ठानिन्छ । जुन महामारीमा ५० लाख मानिस मारिएका थिए । स्रोतः विकिपिडियालगायतका अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यम ।
    (फागुन २१ गते इमेजखबर डटकममै प्रकाशित ‘यस्ता छन्, विश्वलाई सताएका मुख्य महामारीहरु’ आलेखमा केही सम्पादनसहित फेरि प्रकाशित–सम्पादक ।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑