• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कोरोनाको कहर, २० करोड मान्छेलाई मृत्यु शैयामा पुर्‍याउने प्लेग र अरु महामारीको कथा

  • वीरगंज संजाल
  • May 1, 2020, 5:14 am
  • ४९४५

    वीरगंज । विश्व कोरोना भाइरसको चपेटमा छ । संसारभरका मानिस त्राहिमामको अवस्थामा पुगेका छन् । २१ हजार २ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब ५ लाख मानिसमा संक्रमण देखिएको छ । उचित र सुलभ परीक्षणको व्यवस्था गर्न नसक्दा भित्रभित्रै यो रोगले कतिको शरीरमा अड्डा जमाइसकेको छ भन्न सकिने अवस्था छैन ।

    नेपाल जस्ता सुलभ स्वास्थ्य सेवा र प्रणाली नभएका मुलुकहरु सबैभन्दा बढी मारमा पर्ने खतरा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको यो भाइरसले चीनमा करिब ३३ सय मानिसको ज्यान लिइसकेपछि नियन्त्रणको दिशामा छ । तर भारतजस्ता धेरै जनसंख्या भएका मुलुकमा यो अनियन्त्रत बन्ने हो कि भन्ने खतरा मडारिएको छ । नेपाल साता दिन लकडाउन अर्थात् बन्दाबन्दीमा रहेको छ भने यो अरु केही साता लब्बिने सरकारी अधिकारीहरुले बताइरहेका छन् । भारतले त एकै पटक तीन साताका लागि लकडाउन घोषणा गरेको छ ।

     

    इटाली, स्पेन, अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायतका राम्रा स्वास्थ्य उपचार पद्धती भएका मुलुक समेत नराम्ररी यो भाइरसको चपेटमा आएका छन् । सबैभन्दा बढी इटालीमा ७५ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । स्पेनले चीनलाई मृत्युको आंकडामा उछिनेको छ । त्यहाँ ३६ सयभन्दा बढीको ज्यान गैसकेको छ । संसारभरका वैज्ञानिक यो भाइरसलाई कसरी नियन्त्रणमा लिने भन्दै खोप र औषधिको विकास र परीक्षण गदैछन् ।

    भाइरसको उपचार पद्धति खोज्नुपर्ने समयमा मानिस मानिसको बीचमा नश्लीय विभेदका खबरहरुसमेत आउन थालेका छन् । स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति रंगभेदी रहेको भन्दै तीब्र आलोचना भइरहेको छ । चीनबाट शुरु भएको यो भाइरसले विश्वव्यापी आकार मात्र ग्रहण गरेको छैन प्रसिद्ध वैज्ञानिकहरुलाई भाइरसको खोप पत्ता लगाउन धौ धौ परेको छ । यही बेला चिनियाँदेखि पूर्वी एशियाई अनुहारका मानिसमाथि नश्लीय विभेद र आक्रमणका खबर आएका छन् । यस्ता भाइरल बन्ने रोग चीनबाट फैलिएको भन्दै चीनसँग सम्बन्ध नै नभएका मानिसहरुमाथि समेत दुर्व्यवहार बढेको छ ।
    तर, यस्ता भाइरस भाइरल बन्न अनुहार विशेषको कुनै दोष हुन्न भन्ने मानव जगतले हृदयदेखि नै स्वीकार्नु जरुरी छ । यसैपनि प्राकृतिको चेपमा फसेका दुःखी मानिसहरुबीचमा एकापसमा द्रोह र द्वैष निम्त्याउने क्रियाकलाप रोकिनु पर्दछ । विश्व स्वास्थ्य संगठनले यो भाइरसको नाम लिँदा कुनै देश वा जात विशेषमा जोडेर अपब्याख्या नगर्न सचेत गराइसकेको पनि छ । कोभिड –१९ वा कोरोना भाइरस भन्न उसले भनेको छ । यो भाइरसको महामारीसँगै विश्वले यसअघि खेपेको यस्तै महामारीको खोज हुन थालेको छ ।
    संसारमा यस्ता महामारी पहिलो पटक भएको होइन । कोरानाभन्दा ठूला र संसारमा महामारीको रुप लिएका रोगसँग विश्वले अनेकौं पटक जुधेको छ । र करोडौंको संख्यामा मानवीय क्षति व्यहोर्दै फेरि यस्ता रोग नियन्त्रण गर्न विजय प्राप्त गरेको छ । आशा गरौं कोरोनामाथि पनि मानिसले चाँडै विजय पाउने छ । कुनै समय हैजा, बुबोनिक प्लेग, बिफर, र इन्फ्लूएन्जा मानव इतिहासको सबैभन्दा क्रूर हत्याराका रुपमा चित्रित थिए । यी रोगलाई मानिसले बनाएका सीमाले रोक्न सकेन । १२ हजार वर्ष अस्तित्वमा रहेको बिफर रोगले त तीस करोडदेखि ५० करोड मानिसलाई मृत्युको मुखमा पुर्‍याएको विश्वास गरिन्छ । प्लेगले त २० करोड मानिसलाई स्वाहा बनाएको थियो ।
    नयाँ प्रकोपका रुपमा फैलिएको इबोला भाइरसले हजारौं व्यक्तिको ज्यान लिएको भर्खरका वर्षमात्र हो । जसले सबैभन्दा बढी पश्चिमी अफ्रिकामा असर र्पुयायो र करिब १२ हजार मानिस मृत्युको मुखमा पुगे । यसको संक्रमण युरोप र अमेरिकासम्म फैलियो । २००९ मा विश्वभर महामारीको रुपमा फैलिएको फ्लू पाण्डेमिकले विश्वभर करिब २ लाख मानिसको मृत्यु भयो । २००९ को मार्चमा मेक्सिकोमा दुई अमेरिकी बच्चामा देखिएको स्वाइन फ्लू भनेर चिनिने इन्फ्लुएन्जा एच वान एन वानले अमेरिकामा एक लाख १५ हजार बढी संक्रमित भएका थिए । २०१५ मा भारतमा फैलिएको स्वाइन फ्लूमा दुई हजार बढीको मृत्यु भएको थियो ।
    यस्तो छ, ठूला महामारी र त्यसले मृत्यु भएकाको संख्या
    एचआईभी र एड्स महामारी
    मृत्यु संख्याः ३ करोड ६० लाखभन्दा बढी
    धेरै प्रभावित वर्षः सन् २००५ देखि २०१५
    सन् १९७६ मा पहिलो पटक कंगो प्रजातान्त्रिक गणतन्त्रमा पहिचान गरिएको एचआईभी र एड्सले सन् १९८१ यता ३ करोड ६० लाखभन्दा बढी मानिसको प्राण लिएको तथ्यांक छ । वर्तमानमा तीनदेखि साँढे तीन करोड मानिस एचआईभीका साथ बाँचिरहेको अनुमान छ । जसमा धेरैजसो अफ्रिका उपसहारा महाद्वीपका रहेका छन् । जहाँ २ करोड मानिस यस समस्यासँग जुधिरहेको बताइएको छ । तर जनचेतना, संयमित र अनुशासित जीवनशैली, औषधि र खोपको विकाससँगै अब यो रोग मानिसको नियन्त्रणमा आउँदैछ । २००२ देखि २०१२ मा वार्षिक २ दशमलव २ मिलियन मृत्युदर रहेको यो रोग अब १ दशमलव १ मिलियनमा झरेको छ ।
    फ्लू महामारी (सन् १९६८)
    मृत्यु संख्याः दश लाख
    कारणः इन्फ्लुएन्जा
    हङकङ फ्लूसमेतको नामले चिनिने यो फ्लू एच थ्री वान टू अनुवंश अन्तर्गतको भाइरस हो । १३ जुलाई १९६८ मा पहिलो पटक चीनको हङकङमा पहिचान भएको यस भाइरसले १७ दिनमै सिंगापुर र भियतनामलाई चपेटमा पा¥यो । तीन महिनामा त फिलिपिन्स, भारत, अष्ट्रेलिया, युरोप र अमेरिकासम्म फैलियो । महामारीको हिसाबमा यसको मृत्यु दर भने कम मानिएको थियो । दशमलव ५ प्रतिशत मृत्युदर रहेको यस महामारीमा दश लाखभन्दा बढी मानिस मारिएका थिए । पाँच लाख मानिस त हङकङमा मात्र मरेका थिए ।
    एशियन फ्लू (सन् १९५६–१९५८)
    मृत्यु संख्याः बीस लाख
    कारणः इन्फ्लुएन्जा
    एसियन फ्लू एच टू एन टू प्रकारको इन्फ्लुएन्जाको महामारी हो । सन् १९५६ मा चीनमा फेला परेको यो भाइरस १९५८ दुई वर्षसम्म रह्यो । दुई वर्षको अवधिमा चिनियाँ प्रान्त गुइझाउबाट सिंगापुर, हङकङ र अमेरिकासम्म पुगेको थिो । विश्व स्वास्थ्य संगठनले करिब २० लाख मानिसको मृत्यु भएको त्यसमा करिब ७० हजार अमेरिकाका बासिन्दा रहेको जनाएको थियो ।
    फ्लू महामारी (सन् १९१८–१९२०)
    मृत्यु संख्याः २ देखि ५ करोड
    कारणः इन्फ्लुएन्जा
    सन् १९१८ देखि १९२० को दुई वर्षे अवधिमा विश्वव्यापी भएको यस महामारीले २ देखि ५ करोड मानिस मारेको अनुमान छ । स्पेनिश फ्लू भनिने यो इन्फ्लूएन्जा डरलाग्दो घातक प्रकोपका रुपमा संसारमा फैलिएको थियो । जसले विश्वको जनसंख्याको एक तिहाइभन्दा बढी मानिसलाई संक्रमित गरेको मानिन्छ । ५० करोड मानिस प्रभावित भएकामा मृत्युदर नै १० देखि २० प्रतिशत रहेको मानिन्छ । पहिलो २५ हप्तामै २ करोड ५० लाख मानिसले ज्यान गुमाएका थिए ।
    छैटौं हैजा महामारी (सन् १९१०–१९११)
    मृत्यु संख्याः ८ लाखभन्दा बढी
    कारणः हैजा
    अघिल्ला पाँच प्रकरणझै छैठौं हैजा पनि भारतमै शुरु भएको थियो । यसले मध्यपूर्व, उत्तर अफ्रिका, पूर्वी यूरोप र रसियामा फैलनुअघि नै ८ लाखको ज्यान लिएको थियो । छैठौं हैजा महामारीको स्रोत पनि अघिल्ला झै अमेरिकी हैजाकै थियो । यद्यपि अनुभवका कारण अमेरिकाले सतर्कता अपनाएकाले त्यहाँ ११ जनाको मात्र मृत्यु भएको थियो ।
    फ्लू महामारी (सन् १८८९–१८९०)
    मृत्यु संख्याः दश लाख
    कारणः इन्फ्लुएन्जा
    शुरुमा एशियन फ्लू वा रूसी फ्लू मानिएको थियो । पहिलो घटना मे १८८९ मा मध्य एशियाको तुर्कस्तानको बुखारा, उत्तरपश्चिम क्यानाडाको अथाबास्का र ग्रीनल्याण्डमा फेला परेको थियो । तीब्र  जनसंख्या वृद्धि भइरहेको १९ औं शताब्दीमा यसको बढी असर शहरी क्षेत्रहरूमा प¥यो र चाँडै नै संसारभर फैलिँदा महामारीमा दस लाखभन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।
    तेस्रो हैजा महामारी (सन् १८५२–१८६०)
    मृत्यु संख्याः दश लाख
    कारणः हैजा
    १९ औं शताब्दीमा फैलिएको घातक महामारी १८५२ देखि आठ वर्ष रह्यो । १८६० मा नियन्त्रणमा आउनुअघि पहिलो र दोस्रो हैजा महामारीझै यो भारतको गंगा किनारबाट संसारभर फैलिएको थियो । गंगा नदी डेल्टाबाट फैलिएको यो महामारीले एशिया, यूरोप, उत्तर अमेरिका र अफ्रिकाका दश लाखभन्दा बढी व्यक्तिको जीवन अन्त्य गरेको थियो । बृटिश चिकित्सक जोन स्नोले दूषित पानी रोग सार्ने माध्यम भन्ने पुष्टि गरे । त्यसैवर्ष अर्थात् १८५४ मा भने बृटेनमा सबैभन्दा बढी २३ हजार मानिस यसको शिकार बनेका थिए ।
    दि ब्ल्याक डेथ (सन् १३४६–१३५३)
    मृत्यु संख्याः ७ करोड ५० लाखदेखि २० करोड
    कारणः बुबोनिक प्लेग
    सन् १३४६ देखि १३५३ सम्म सात वर्ष यस महामारीको प्रकोपमा युरोप, अफ्रिका र एशियाली देशहरु परे । विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने यस महामारीले साँढे सात करोडदेखि २० करोड मानिसको ज्यान लिएको अनुमान छ । एशियामा उत्पत्ति भएको ठानिएको महामारी सार्ने कारकका रुपमा मुसालाई ठानिन्छ । व्यापारीका जहाजहरूमार्फत् संक्रमित मुसा शहरी क्षेत्रमा प्रवेश गर्दा विकराल बनेको यस महामारीले तीन महादेशमा विनाशकारी स्वरुप लिएको थियो ।


    जस्टिनियनको प्लेग (सन् ५४१–५४२)
    मृत्यु संख्याः २ करोड ५० लाखदेखि ५ करोड
    कारणः बुबोनिक प्लेग
    जस्टिनियन महामारी तात्कालीन युरोपको आधा जनसंख्या मार्ने रोगका रुपमा चिनिन्छ । यो बुबोनिक महामारीकै प्रकोप थियो । जसले बाइजान्टिन साम्राज्य र भूमध्यसागरीय बन्दरगाह शहरहरू चपेटमा आएका थिए । वर्ष दिन लामो आतंकमै यसले डेढ करोड मानिसलाई मृत्युको मुखमा र्पुयाएको थियो । कतिले त यो संख्या ५ करोड रहेको पनि बताएका छन् । बुबोनिक प्लेग मानिएको जस्टिनीको महामारीले पूर्वी भूमध्यसागरको एक चौथाई जनसंख्या नै स्वाहा बनाइदियो । प्रतिदिन पाँच हजार मानिस यस रोगबाट भएको मान्निछ ।
    एन्टोनिन प्लेग (१६५–१८० एडी)
    मृत्यु संख्याः ५० लाख
    कारणः अज्ञात
    गलेनको प्लेग भनेर चिनिएको एन्टोनिन प्लेगलाई पुरानो महामारी मानिन्छ । जसले एशिया माइनर, इजिप्ट, ग्रीस र इटालीमा धेरै असर पारेको थियो । वास्तविक कारण थाहा नभएको योरोगलाई बिफर या हैजाकै रुप हुनसक्ने अनुमान भने गरिन्छ । यो रोग भने मेसोपोटामियाबाट फर्किएका सैनिकबाट रोम साम्राज्यमा फैलियो र रोमन सैनिकको मृत्युको कारण बनेको ठानिन्छ । जुन महामारीमा ५० लाख मानिस मारिएका थिए । स्रोतः विकिपिडियालगायतका अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यम ।
    (फागुन २१ गते इमेजखबर डटकममै प्रकाशित ‘यस्ता छन्, विश्वलाई सताएका मुख्य महामारीहरु’ आलेखमा केही सम्पादनसहित फेरि प्रकाशित–सम्पादक ।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑