वीरगन्जका उद्याेगपति माेहनलाल अग्रवालसहित ५ जना कालाेबजारी गरेकाे आराेपमा पक्राउ
वीरगंज संजाल
१५ बैशाख २०७७, सोमबार १४:३४
४३२३
बारा | वीरगन्जका उद्याेगपति माेहनलाल अग्रवाल(चाचान)सहित ५ जनालाई कालाेबजारी गरेकाे आराेपमा प्रहरीले आइतबार साँझ पक्राउ गरेकाे छ । उनी चाचान ग्रुपका उद्याेगपति हुन् ।
वीरगन्ज-पथलैया औद्याेगिक करिडाेरमा पर्ने बाराकाे परवानीपुर गाउँपालिका-४ चैनपुरस्थित नारायणी माेडर्न पल्सेस इन्डस्ट्रिजका उनी सञ्चालक हुन्। उनीसहित उनकाे उद्याेगका प्रतिनिधि सुनिल शर्मा पनि पक्राउ परेका छन्।
लकडाउनकाे माैका छाेपेर मसुराेकाे दाल बढी मूल्यमा बिक्री गरेकाे उनीमाथि आराेप छ। लकडाउनअघि प्रति केजी ८० देखि ८५ रूपैयाँमा बिक्री गरिएकाे दाल लकडाउनपछि ९४ देखि ९८ रूपैयाँमा बिक्री गरिएकाे पाइएकाेले हिरासतमा लिइ अनुसन्धान थालिएकाे प्रहरी प्रवक्ता डीएसपी गाैतम मिश्रले जानकारी दिए। उनीहरूलाई जिल्ला प्रहरीमा राखिएकाे छ।
यसैगरी त्यहीँ आराेपमा श्रीकृष्ण दाल उद्याेगका पवनकुमार साह र सुरेश प्रसादलाई पक्राउ गरिएकाे छ। यसरी महावीर ओभरसिज प्रालिका सन्ताेष झालाई पक्राउ गरिएकाे छ।
कालाेबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ बमाेजिम मुद्दा चलाइएकाे प्रहरीकाे भनाइ छ। वाणिज्य, आपूर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय र बाराका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले अनुगमन गरि कारबाहीकाे निर्देशन लिन विभाग पठाएकाे थियाे। विभागले निर्देशन दिएपछि प्रजिअकाे आदेशमा पक्राउ गरिएकाे प्रहरीले जनायाे।