• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक, यसको अन्त्य गरौं : बाबुराम भट्टराई

  • वीरगंज संजाल
  • १३ बैशाख २०७७, शनिबार १८:१२
  • ३८५२

    काठमाडौं | दुई पार्टीको एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ओली प्रवृत्ति खतरनाक भएको टिप्पणी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रवृत्ति सदाका लागि विदा गर्नुपर्ने बताएका हुन्।

     

    पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री केपी ओलीको चरित्रलाई भष्मासुरको समेत संज्ञा दिएका छन्। ‘अति भएपछि खति हुन्छ’, उनले लेखेका छन्, ‘यो कोरोना भाइरसभन्दा खतरनाक ओली प्रवृत्ति सदाका निम्ति विदा गरौँ ! नत्र यो भष्मासुरले सखाप पार्नेछ।’ भट्टराईले सबै पार्टीहरू, सञ्चार माध्यम, नागरिक अभियन्ता लगायतले ‘ओली प्रवृत्ति’ को छिटोभन्दा छिटो अन्त्य गुर्नपर्ने बताएका छन्।

     

    भट्टराईले प्रधानमन्त्री ओलीको कार्यशैलीलाई विश्वका विभिन्न तानाशाहसँगसमेत तुलना गरेका छन्। उनले जर्मन शासक हिटलर, रुसी नेता स्टालिन तथा रुमानियाका कम्युनिष्ट नेता निकोलाइ चाउचेस्कुसँग तुलना गरेका हुन्। उनले यी शासकले आफ्नै प्रवृत्तिका कारण पतन हुनु परेको धारणा राखेका छन्।

     

    प्रधानमन्त्री ओलीले सोमबार राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धित दुवै अध्यादेश ल्याएका थिए। सबैतिरबाट चर्को विरोध र आलोचनापछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने  र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेकी हुन् ।

     

    राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश जारी भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीको एकता भएको हो। एकीकृत पार्टी गठनको जानकारी निर्वाचन आयोगमा दर्ता भएसँगै समाजवादी र राजपा विभाजनबाट जोगिएका छन्। समाजवादीकी उपाध्यक्ष रेणु यादव नेतृत्वमा असन्तुष्ट समूहले शुक्रबारसम्म छुट्टै पार्टी गठन गर्ने तयारी गरेको थियो। असन्तुष्ट समूहमा यादवसहित मो. ईश्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ छन्।

     

    तर, एक सांसद उपत्यका बाहिर भएका कारण असन्तुष्ट समूहले समयमै नयाँ पार्टी गठन गर्न सकेन। यही समयमा समाजवादीले राजपासँग एकता गर्‍यो। बुधबार राजपा र समाजवादीबीच एकता प्रक्रिया फेरि सुरु भएको सूचना पाएपछि असन्तुष्ट समूहले सरकारको सहयोगमा उपत्यका बाहिर रहेका सांसद सुरेन्द्र यादवलाई तत्काल उपत्यका भित्र्याउने तत्परता देखायो।

     

    बिहीबार बिहान दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन्। दल दर्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका नेता बिहीबार बिहानै निर्वाचन आयोगको कार्यालय पुगेका थिए। बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा जनता समाजवादी पार्टी, नेपाल १३८८ नम्बरमा दर्ता भएको छ। दल दर्ताका लागि राष्ट्रिय जनता पार्टीका संयोजक शरत सिंह भण्डारी र समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरी निवेदन दिएका थिए।

    सामाजिक संजाल फेसबुकमा भट्टराईले लेखेको स्टाटस जस्ताको तस्तै

     

     

     

     

     

     

     

     

     

     

    ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं!!

     

    – यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन्!ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ!

     

     

     

    – यो हिटलर प्रवृत्ति हो: जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्तत: दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ।नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जाति/समुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहेछ।

     

     

    – यो स्टालिन प्रवृत्ति हो: रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद नष्ट गर्दै आफ्ना प्रतिद्वन्द्वी सबैको भौतिक सफाया गरेका थिए र अदूरदर्शी र लहडी आर्थिक नीति ( मुख्यत: कृषि क्षेत्रमा ) लिएर लाखौं जनता भोकमरीले मर्ने स्थिति ल्याएका थिए।नेपालमा ओली प्रवृत्तिले झापा आन्दोलनमा चौध बर्ष जेल बसेको जस भजाएर पार्टीभित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि-प्रणाली भत्काएर निरंकुश बन्ने, पार्टी भित्र र वाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने,स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने,कोरोना संकटको वेला पार्टी फुटाउने खेलमा लागेर चरम ग़ैरज़िम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ।

     

    – यो चाउचेस्कु प्रवृत्ति हो: पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्रष्टाचार,विलासिता ( उनको दरवार विश्वकै सबभन्दा ठुलो भवन मध्येमा गनिन्छ ),फजुलखर्च, स्वेच्छाचारिता,आफन्त/आसेपासेवाद,मनपरीतन्त्र गर्थे र पार्टी नेता/कार्यकर्ता तथा जनता यति निरीह, लाचार,पीडित थिए कि अन्तत: जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो! नेपालमा ओली प्रवृत्तिले हुर्काएको यतिप्रकरण/ओम्नीप्रकरण लगायतका अनगिन्ति भ्रष्टाचार,राष्ट्रपति/प्रधानमन्त्रीको फजुल खर्च/विलासी शैली /ढाँटबाँट,आसेपासेको बाक्लो घेरा/उदण्ड शैली,मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फ़ाउन्डेशन/एनजीओ/आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता,आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लंग छ!

     

    * अति भए पछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू,संसद,अदालत,मिडिया,नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोनाभाइरसभन्दा ख़तरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति विदा गरौं ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑