फैलियो विश्वभरी महामारी
ज्यान गुमाउनुको संख्या बढ्दै छ आजभोली।
परीक्षा देखि संस्था सम्म बन्द भयो देशभरी
लडाउनमा मान्छेहरू बढ्दै छन् त्रसित भई।
धन्न छौ कोरोना तिमी पनि
कहिल्यै नसुनेको नाऊ पनि सुनाऔं तिमी
दुनियाँलाई रुवाऔं, विश्वभरी घुमेर तिमी
क्या जादु देखायौ हे कोरोना माता तिमी पनि।
हे कोरोना अझ लग्छौं कतिको ज्यान तिमी
हेर त! कति मान्छे भोकै मर्दैछन् विश्व भरि
कति घरमा छैन खानलाई रासन केही
बरु तिमी नै गइदेऊ यो संसार छाडी।
नाम :सोनाली कर्ण
ठेगाना :विरगन्ज, रानीघाट