• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ को गोदाममै थन्कियो पीसीआर मेसिन

  • वीरगंज संजाल
  • ७ बैशाख २०७७, आईतवार १७:३७
  • ६८२५

    वीरगन्ज | एकैपटक तीनजना संक्रमित भेटिएपछि संघ सरकारले पठाएको कोरोना भाइरस परीक्षण पीसीआर मेसिन ५ दिन देखि थन्काएर राखिएको छ । नारायणी अस्पतालमा बुधबार राती आइ पुगेको पीसीआर मेसिन प्रदेश र संघ सरकारको उदासीनताका कारण ५ दिनदेखि थन्किएको हो ।

     

    वीरगन्जको नारायणी अस्पताललाई संघ सरकारले ६ दिन पहिले नै कोभिड १९ अस्पताल घोषणा गरिसकेको छ । सरकारको घोषणापछि नारायणी अस्पतालमा कोरोनाको परीक्षण र उपचार बाहेकका अरु सबै सेवा बन्द गरि त्यहाँ रहेका बिरामीलाई नेशनल मेडिकल कलेजमा सारिएको छ ।

     

    वीरगन्जमा चैत ३० गते ३ जना संक्रमित भेटिएकै दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि  नारायणी अस्पतालमा गत मङगलबारदेखि नै पीसीआर परीक्षण सेवा सुरु हुने बताएका थिए ।  तर, पीसीआर मेसिन संचालनका लागि आवश्यक अन्य उपकरण र सामग्री सरकारले नपठाएका कारण मेसिन अस्पतालको स्टोर कोठा ( गोदाम ) भित्र थन्किएको हो।

     

    प्रदेश सरकारको पहलमा संघ सरकारले काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रयोगमा रहेको पीसीआर मेसिन वीरगन्जको नारायणी अस्पतालमा गत बुधबार नै पठाइ दिएको हो । पीसीआर मेसिन मात्रै आएको तर उक्त मेसिन सन्चालनका लागि आवश्यक अन्य थुप्रै उपकरण र सामान नभएका कारण मेसिन जडान गरि कोबिड १९ परिक्षण ल्याब सन्चालनमा ल्याउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए ।

     

    ‘पीसीआर मेसिन मात्रै आयो, तर पीसीआर जडान गरी संचालनका लागि अरु पनि थुप्रै उपकरण र औजार चाहिने रहेछ , ती सामान अहिलेसम्म उपलब्ध भएको छैन, मेसु उपाध्यायले भने, ‘मेसिन लिएर आएका विज्ञ र प्राविधिकका अनुसार अझै करिब डेढ दुई करोड जतिको उपकरण र सामान चाहिन्छ।’

     

    उनका अनुसार, पीसीआर मेसिन संचालनका लागि बायो सेफ्टी क्याविनेट, सेन्ट्रीफयुग मेसिन, भोटेक्स मेसिन, पिपेटसेट, केमिकल राख्ने डिफ्रिज लगायतका उपकरण आवश्यक पर्छ । पीसीआर परीक्षणका लागि बायोसेफ्टी क्याविनेट मात्रै ३ वटा चाहिने भन्दै उनले भने, ‘यो सामान त नेपालमा बन्दा पनि बन्दैन, बाहिरको देशबाटै ल्याउनुपर्छ।’

     

    पीसीआर ल्याब संचालनका लागि आवश्यक अन्य उपकरण र सामानका लागि केन्द्र र प्रदेश सरकारले पहल गरिरहेको जानकारी आफूले पाएको पनि उनले बताए ।  आवश्यक सबै उपकरण सामान आइ सकेपछि पनि अरु सबै व्यवस्थापन गरेर ल्याब संचालन गर्न कम्तीमा पनि ४÷५ दिन लाग्ने उनले बताए।

     

    उपाध्यायले भने, ‘तर कहिलेसम्म ती सबै सामान आउँछ यो ठोकुवा गरेर भन्न सक्ने अवस्थामा छैन ।सामान आएको खण्डमा २४ सै घण्टा खटेर पनि जति सक्दो छिटटो कोभिड १९ परीक्षण ल्याब संचालनमा ल्याउने उनले बताए ।

     

    वीरगन्जमा पीसीआर परीक्षण छिट्टै सुरु हुन्छ – मन्त्री यादव

     

    प्रदेश २  सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुमन्त्री ज्ञानेन्द्र यादवले पीसीआर मेसिन संचालनका लागि आवश्यक केही उपकरण बजारमा सहजरुपमा उपलब्ध नभएकाले वीरगन्जमा पीसीआर मेसिन संचालनमा आउन ढिला भएको बताए ।

     

    सामाजिक विकास मन्त्रालयले आवश्यक अन्य उपकरणको खरिद प्रक्रिया सुरु गरिसकेको छ, मन्त्री यादवले भने, ‘२÷३ दिन भित्र ती सामान वीरगन्जमा पुगिसक्छ , अनि छिटटै मेसिन जडान गरेर पीसीआर परीक्षण सुरु हुन्छ।’

     

    नीतिगत भन्दा पनि प्राविधिक समस्याका कारण वीरगन्जमा पीसीआर ल्याब संचालनमा ढिला हुन गएको उनले बताए ।  वीरगन्जमा पीसीआर ल्याब संचालनमा नआउँदा कोरोनाका शंकास्पद व्यक्तिको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि हेटौडाको प्रयोगशालामा पठाउने गरिएको अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

    तर हेटौडाको प्रयोगशालाले केही दिनयता थेग्न नसकेको अवस्था रहेकाले वीरगन्जबाट स्वाब परीक्षणका लागि काठमाडौंस्थत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको उनले बताए ।

     

    वीरगन्जमा भने अहिले र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी ) मात्रै भइरहेको मेसु उपाध्यायले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑