काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला मुलुकभर डेंगु संक्रमण पनि फैलंदै गएको छ । देशभर १ सय ४६ जनामा डेंगु संक्रमण देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
डेंगुको संक्रमण सबैभन्दा बढी रुपन्देही जिल्लामा देखिएको छ । त्यहाँ १२ जनामा संक्रमण देखिएको महाशाखाको किटजन्य शाखाका प्रमुख प्रकाश प्रसाद शाहले जानकारी दिए ।
उनले हिजो आज ज्वरो आएका मानिसलाई कोरोनाको मात्र नभई डेंगु, मलेरिया, कालाजार, स्क्रवटाइफस जस्ता संक्रमणको समेत परिक्षण गरिनुपर्ने बताए । गत भदौमा डेंगुले महामारीको रुप लिँदा ६ जनाको ज्यान गएको थियो ।