मुस्लीम संघ द्वारा प्रदेश एक का मस्जिद, मदरसा खाली गराउन निर्देशन
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार २२:२७
८१७७
बिराटनगर | नेपालमा कोरोना भाईरसको संक्रमित ३० जनामध्ये १५ जना मुश्लिम समुदायको संक्रमित फेला परे पछि सक्रमण फैलिन नदिन प्रदेश एकमा रहेका सवै मस्जिद, मदरसा, होस्टलमा रहेका मानिसहरुलाई हटाउन नेपाल मुस्लीम संघ प्रदेश एकले मुस्लीम समुदायलाई अपिल गरेको छ ।
नेपाल मुस्लीम संघ प्रदेश एकका सभापती हाजी इसराल मन्सुरी र सचिव नईम अन्सारीले संघका तर्फबाट प्रदेश एकका सम्पुर्ण मुस्लीम समुदायलाई मस्जिद, मदरसा र होस्टलमा आवश्यक कर्मचारी, एमाम र मोअज्जीन बाहेकलाई नबस्न आग्रह गरेका हुन ।
सभापती हाजी इसराल मन्सुरी र सचिव नइम अन्सारीले मुस्लीम समुदायको प्रतिष्ठालाई बचाउन र कोरोनाको सक्रमण फैलिन नदिन विश्व महामारीका रुपमा रहेको कोभिड १९ नियन्त्रणका लागी सावधानी अपनाउन आग्रह गरेका हुन ।
नेपाल मुस्लीम संघ प्रदेश एकले जारी गरेको सात बुदे अपिलमा कुनैपनि व्यत्ती मस्जिद, मदरसा, होस्टल र मुसाफिरखानामा बसेको भए प्रहरी वा स्थानिय तहको सरकारलाई खबर गरि उनीहरुलाई क्वारेन्टाइनमा राख्न भनिएको छ ।
यो सँगै तबलिगी जमातबाट आएकालाई जमातीलाई क्वारेन्टाइनमा पठाउन अपिल
१) एमाम, मोअज्जीन र आवश्यक कर्मचारीबाहेक कुनै पनि व्यक्तिलाई मस्जिदभित्र बस्न न दिनुहोस् । कुनै व्यक्ति कुनै कारणले मस्जिदभित्र बसेको रहेछ भने तुरुन्त स्थानीय प्रहरीलाई खबर गरी नजिकको क्वारेण्टाइनमा पु¥याउनुहोस् ।
२) कुनै पनि मदरसा, होस्टल वा मुसाफिरखानामा आवश्यक कर्मचारीबाहेक कुनै पनि व्यक्तिलाई बस्न नदिनुहोस् । कुनै व्यक्ति कुनै पनि कारणले बसेको रहेछ भने तुरुन्त स्थानीय प्रहरीलाई खबर गरी नजिकको क्वारेण्टाइनमा पु¥याउनुहोस् ।
३) तबलिगि जमातका जिम्मेवार व्यक्तिहरुलाई विशेष अनुरोध गर्दछौ । लकडाउनभन्दा पहिले कुनै पनि मस्जिदमा जमात आएको रहेछ र उनीहरु त्यहीँ फसेका छन् भने उनीहरुलाई तुरुन्त स्थानीय प्रहरीलाई खबर गरेर नजिकको क्वारेण्टाइनमा बस्ने व्यवस्था मिलाउनुहोस् ।
४) मस्जिदमा एमाम, मोअज्जीन र आवश्यक कर्मचारीहरुले मात्र नमाज अदा गर्नुहोस् । तपाईंहरुले पनि कोरोना भाइरस नसर्ने उपायहरुको बारेमा जानकारी लिई त्यस अनुसार दुरी बनाएर बस्नुहोस् ।
५) जुमाको नमाजको सट्टा आ–आफ्नै घरमा जोहरको नमाज अदा गर्नुहोस् । ६) सरकारले जारी गरेका लकडाउन आदेश पूर्ण रुपमा पालना गर्नुहोस् । बाहिर न निस्कनुहोस् । मानवताको रक्षामा राज्यलाई सहयोग गर्नुहोस् ।
७. कोरोना भाइरसको सक्रमणबाट कसरी बच्ने उपायहरुको बारेमा जानकारी लिनुहोस् ।