• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    इँटाभट्टाका मजदुर झ्याउलीमा भोकै, बालबालिकाको बिजोग

  • वीरगंज संजाल
  • ५ बैशाख २०७७, शुक्रबार १८:१८
  • ३३५७

    भक्तपुर | इँटाभट्टामा काम गर्ने मजदुरहरु झ्याउलीमा भोकै पर्न थालेका छन् । विभिन्न भट्टाले गाउगाउँमा इँटा बनाउन तयार पारेका झ्याउली (मजदुर बस्ने टहरो) मा बसेका सयौं मजदुर परिवार यतिखेर भोकै बस्न बाध्य भएका छन् ।



    कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेपनि निर्वाध रुपमा चलेका इँटाभट्टामा काम गर्ने मजदुरलाई व्यवसायीले राहत एवं खाद्यान्न उपलब्ध नगराउँदा उनीहरु भोकै परेका हुन् । इँटाभट्टा व्यवसायीले माटो अभावका कारण भट्टा आसपासका क्षेत्रभन्दा पर ग्रामिण क्षेत्रमा जग्गा भाडामा लिएर खलो (इँटा बनाउने ठाउँ) बनाएर इँटा बनाई ट्रकमा राखेर भट्टामा ल्याएर पोल्ने गर्दै आएको छ ।


    लकडाउनको समयमा झ्याउलीमा खाना पकाउने आगो बल्न छाडेको सात दिन भइस्क्यो । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित इँटा बनाउने खलोमा काम गर्ने रामेछापकी मञ्जु तामाङ्ग झ्याउलीमा आगो नबलेको पाँच दिन भएको बताए ।



    उनले भने–“चिउँरा खाएर बसेको पाँच दिन भयो, त्यो पनि सकियो, बालबच्चा भोकै राख्न निकै गाह्रो भएको छ, साहुले हामीलाई रासन नदिदाँ भोकै बस्नु परेको हो ।” साहुलाई फोन गर्दा नाइकेलाई पैसा दिएका छौ, उहीसँग लिनु भन्ने जवाफ दिने गरेको तर नाइके सम्पर्क मै नआउने गर्दा भोकै बस्नु परेको उनीहरुको भनाइ छ ।



    चाँगुनारायण–८ सुडालस्थित इँटा भट्टाको झ्याउलीमा बस्ने सन्तमान बिकको अबस्था उस्तै छ । तीन छोराछोरी र श्रीमतिसँगै साँघुरो झ्याउलीमा बस्दै आउनु भएका दाङ घोराहीका बिक परिवारले एकसातादेखि खाना खान पाएका छैनन् । आफ्नो मात्रै नभई यहाँका १० वटा झ्याउलीमा रहेका ४६ जनाको परिवार यतिखेर भोकै बस्नु परेको उनको गुनासो छ । अधिकांश इँटाभट्टाका झ्याउलीको अबस्था यस्तै छ । चिउँरा र चाउचाउ खाएर बसेको गुनासो गर्दै उनले आफूले काम गरेको पैसा र रासन ल्याईदिए भोकै बस्नु नपर्ने बताए ।



    भक्तपुरमा सञ्चालित इँटाभट्टाले ताथली, सुडाल, वागेश्वरी, छालिङ्ग, दु्वाकोट, झौखेललगायत क्षेत्रमा खलो बनाई इँटा बनाउन हजारौं मजदुरलाई काममा लगाइएको छ । अहिले इँटा बनाउने काम सकियो, खानेकुरा पनि सकियो । ताथलीकै इँटाभट्टाको खलोमा इँटा बनाउने भकुण्डेबेशीँका रामप्रसाद कार्की इँटाभट्टाका मालिक र नाइकेले खान नदिएर मजदुरलाई भोकभोकै राखेको बताए । आफूले काम गरेको पैसा दिएर घर पठाउने व्यवस्था गरिदिए बाचिन्थ्यो भन्ने आशा जाग्न थालेको उनको भनाइ छ । कार्की भने, “दुईसाता अघि नै घर जान खाजेका थियौ, इँटा चाङ्ग लाएर सुरक्षित नबनाएसम्म जान पाइन्न भनेर साहुले पठाएन, अहिले काम सकियो, घर जान पाइन्न, भोकै पर्यौ भन्दा राशनपनि दिदैन, नाइकेलाई पैसा पठाएका छौ भन्छन् तर नाइके कहाँ छ पत्तो छैन ।”



    चाँगुनारायण नगरपालिकामा मात्रै ५६ वटा इँटाभट्टा रहेका छन् । यहाँका इँटा भट्टामा अझै १५ हजारभन्दा बढी मजदुर काममा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले इँटाभट्टाले निकै जोखिम बढाएको भन्दै बताउँदै व्यवसायीले लकडाउनको शुरुमै भट्टा बन्द गरेर कामदारलाई घर पठाऊ भन्दा अटेर गरेकाले अहिले समस्या आएको बताए । भट्टा व्यवसायीले अहिले पनि भारतबाट कोइला ल्याउने र हजारौँ मजदुरलाई पनि काममा लगाएर कोरोनाको उच्च जोखिमलाई बढाइरहेको उनले बताए ।



    भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाई ह्याम्बा भने, “अहिलेपनि भक्तपुरका भट्टामा ११ हजारभन्दा बढी मजदुर काम गरिरहेका छन् । उनीहरु खान नपाएको आफूले पनि सुनेको र काम नभएका मजदुरलाई घर पठाउँछौ भन्दा जिल्ला प्रशासन कार्यालयले अनुमति नदिदाँ समस्या आएको छ ।”



    हरेक शनिवार मजदुरलाई उनीहरुले काम गरेको ज्यालामा कट्टा हुनेगरि रासन वितरण गर्दै आएको र उनीहरुले पाउनु पर्ने पैसा नाइकेमार्फत पठाएको दाबी उनको छ । काम नभई भट्टामा रहेका मजदुरहरु भट्टी पसलमा जाँड खाने र सधै झगडा गर्न थालेपछि थप समस्या आएको उनको भनाइ छ । मजदुरलाई व्यवसायीले सधै पाल्न नसक्ने र राहत बाँड्न पनि नसक्ने बताउदै प्रशासनले गाडीको पास उपलब्ध गराए उनीहरुलाई घरसम्म पुर्याइदिने उनले बताए भारतीय दूतावासले इँटाभट्टामा रहेका कामदारको लगत सङ्कलन गर्न थालेको बताउँदै उनले भारतीय मजदुरको व्यवस्थापन भारतले गर्न खोजे पनि आफ्नै देशको मजदुरको व्यवस्थापन भने हुन नसकेको उनको भनाइ छ ।



    मजदुरहरु भने नगरपालिकाले वितरण गरेको राहतपनि आफूहरुले नपाएको र इँटा व्यवसायीले पनि राहत नदिएको, नाइके पनि पैसा लिएर भाग्न थालेकाले भोकभोकै बस्नु परेको गुनासो गर्छन् । उनीहरुले घर जाने व्यवस्था गरिदिन माग गरेका छन् । सङ्घका अध्यक्ष ह्याम्बाले सरकारले उद्योग सञ्चालन गर्नुभनेकाले इँटा भट्टा सञ्चालन गरिरहेको दाबी गर्दै प्रहरीले कोइला बोकेका आठ गाडी नियन्त्रणमा लिएको र चाँगुनारायण नगरपालिकाले रु.२० हजारका दरले जरिवाना लिएकोमा आपत्ति जनाए । (रासस)



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस
  • नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल
  • भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत
  • अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

    मुलुकलाई जोगाउँनका प्रधानमन्त्री ओलीको राजीनामा र अन्तरिम सरकार गठनको आवश्यक्ता छ : प्रभु साह

    समृद्ध नेपाल फाउण्डेसनद्वारा बाराको नकटुवामा निशुल्क आँखा शिविर

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    News

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    News

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    News

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    News

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑