कृषि क्षेत्रका समस्या सहजीकरणका लागि द्रुत कार्यदल गठन
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार १८:०६
२७५७
काठमाडौं | कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लकडाउनका समयमा कृषि क्षेत्रका समस्या समाधानका लागि द्रुत कार्य समूह गठन गरेको छ। कृषिजन्य वस्तुको उत्पादन तथा वितरणमा कुनै समस्या आएमा तत्काल समाधान गरी सहजीकरण गर्नका लागि उक्त कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अत्यावश्यक खाद्यवस्तु (खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, मह, दाना, अण्डा, च्याउ) आपूर्ति, ढुवानी तथा बिक्री वितरणलाई निरन्तरता दिन पनि आग्रह गरेको छ।
यो कार्यदलले कृषि बाली उत्पादनका लागि मल बिउँदेखि उत्पादित वस्तुको बजारीकरणसम्मका समस्या समाधानका लागि काम गर्ने जनाइएको छ।