• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    खै ! कति दिनमा पुगिन्छ रोल्पा ?

  • वीरगंज संजाल
  • ५ बैशाख २०७७, शुक्रबार १८:०४
  • ४२३१

    काठमाडौं | नयाँ वर्षमा घर जाने दुई महिना अघिदेखिकै योजना थियो –उनको । एक्कासी कोरोनाभाइरसको जोखिम आइलाग्यो । लगत्तै लकडाउन शुरु भयो । केही समयका लागि होला भनेर उनी लकडाउन खुल्ने आश गरेर बसे । एक हप्ता बित्यो, दुई हप्ता गयो, तीन हप्ता हुँदा पनि लकडाउन खुलेन । लकडाउन चाँडै खुल्ला भन्ने पत्यार भएन । यसमा उनले मन मारे । अनी हिँडैर घर फर्कने निर्णयमा पुगे ।


    रोल्पा त्रिवेणी गाउँपालिका–७ का अजविर विकका लागि घर फर्कने मन बनाउनु सहज भने पटक्क छैन । उनलाई थाहा छ घर पुगिन्छ वा पुगिदैन । तैपनि हिँडेरै रोल्पा पुग्ने भन्दै यात्रामा निस्किए । काभ्रेपलाञ्चोकको पाँचखालबाट हिँडेका विकलाई काठमाडौंको नैकाप पुग्नै दुई दिन लाग्यो । “खै कति दिनमा पुगिन्छ रोल्पा, ठम्याउन सकेको छैन”, शुक्रबार दिउँसो नैकापको उकालोमा थकाइ मार्दै गरेको अवस्थामा भेटिएका विकले भने, “हाम्रा लागि गाडी कहाँबाट मिल्ला र, हिँडेरै जाने अठोट गरेका छौँ ।” उनीसँगै रोल्पा त्रिवेणी–७ कै देवराज पुनमगर, हर्कबहादुर घर्ती पनि थिए । विकलाई १६ वर्षीय पुनमगरको चिन्ता छ । “केटो आलोकाँचो नै छ, रोल्पासम्म हिँड्न सक्ला की नसक्ला भन्ने दोमन भएको छ”, उनले देवराजप्रति इशारा गर्दै भने, “तपाइहरुसँगै हिँड्न सकिहाल्छु भन्यो, त्यही भएर सँगै हिँडाएको ।”


    तीनै जना एउटै गाउँका हुन् । उनीहरु गत वर्ष मङ्सिरमा कामको खोजीमा काठमाडौं आएका हुन् । काम खोज्दै जाँदा पाँखखाल पुगे । त्यहाँ घर निर्माणको काम गर्न थाले । देवराज र हर्कबहादुरभन्दा ५६ वर्षीय विक घर बनाउने कामका खप्पिस छन् । त्यसैले उनले दैनिक रु एक हजारको ज्लादारीमा काम गर्दै आएकन थिए । “कमाइ राम्रै थियो, यो महामारी आएर बर्बाद पा¥यो”, विकले भने, “यसबीचमा रु ४० हजार जति घर पाए, अरु पैसो साथमै लिएर घर फर्कने मन बनाएको थिए ।” पुनमगर र घर्तीले विकको भन्दा कम ज्यालामा काम गर्दै आएका थिए । दुवैजनाले पनि अहिलेसम्म कमाएको केही रकम घर पठाउन भ्याएका रहेछ ।


    तीनै जना दुई दिनमै थाकिसकेको देखिन्छन् । उनीहरुले सडकमा केही बेर ट्रकलाई रोक्ने प्रयास गरे । “कोही पनि रोक्न मान्दैनन्”, घर्तीले भने, “केही परसम्म लगिदिए बाटो काट्न सजिलो हुन्थ्यो ।” नैकाप आइपुग्दासम्म बाटोभरी खटिएका प्रहरीको खप्की खानु परेको उनीहरु बताउँछन् । “प्रहरीले जताबाट आएको त्यतै फर्किनु भनेर हप्काए”, घर्तीले भने । प्रहरीसित गुहार गरी गरी यहाँ आइपुगेको उनको भनाइ थियो । सरकारले लकडाउनमा कोहीलाई पनि घर बाहिर ननिस्कन भनेको छ । अबको बाँकी गन्तब्यमा पनि रोल्पालीलाई हिँडेरै घर पुग्न सहज हुने छैन । प्रहरीको कुटाइ खाइने हो कि भन्ने चिन्ता उनीहरुलाई छ । “जे परे पर्ला, अब पाँखखाल त कुनै पनि हालतमा फर्कन्नौँ”, उनीहरु भन्दै थिए ।



    रोल्पासम्म पुग्नका लागि तीनै जनाले लुगाफाटो, ओड्ने कम्बल, चिउरा र चाउचाउसमेत साथमा बोकेका छन् । “चिउरा र चाउचाउको भरमा पुगिएलाकी भन्ने छ”, विकले भने, “पैसोको चिन्ता छैन, तीनै जनाले बोकेका छौँ, बाटोमा किनेर खान पाइन्छ की पाइन्न भन्ने चिन्ता छ ।” सानो झोलामा उनीहरुले केही प्याकेट चाउचाउ र केही किलो चिउरा पाँखखालबाटै किनेर ल्याएका छन् । जता जता पाइन्छ उतै उतै किन्ने उनिहरुले योजना बनाएका छन् । तीनै जनाले मोवाइल बोकेका छन् । घरमा निरन्तर कुराकानी भइरहेको उनीहरुले बताए ।



    घरका जहान परिवारले पनि गाडी नपाइए हिँडैर आउनु भन्ने सल्लाह दिएका छन् । त्यसले पनि उनीहरुलाई उर्जा मिलेको छ । “जति दिन लागे पनि हिँडेरै हाउनु, दुःख सुख घरमै काटौँला भनेका छन्”, श्रीमतीको सल्लाह सुनाउँदै विकले भने । यहाँ बसेर पनि लकडाउन खुल्ने छाँटकाँट नदेखेपछि बरु हिँड्दै जाँदा बाटोमा जे जे पर्ला बेहोरौँला भनेर पाँचखालबाट निक्सकेको उनीहरुले बताए । “गाउँका अरु पनि टाढा टाढाबाट हिँडेरै पुगेका न रे”, घरबाट आएको खबर सुनाउँदै विकले भने, “हामी हिँडेरै पुग्न कसो नसकौँला र ?” तीनै जनाको अवस्था देखेर नैकापका स्थानीयवासीले केही बेरसम्म त्यहाँ फाट्टफुट्ट चल्दै गरेका ट्रकलाई रोकाउन प्रयास पनि नगरेका होइनन् । ट्रकका चालक कोही पनि रोल्पालीहरुलाई ट्रक चढाउन तयार भएनन् । “आगे देखा जाएगा’ भन्दै तीनै जना झिटीगुन्टा बोक्दै थानकोटतर्फ अगाडि बढे । (रासस)



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑