आमाको मृत्यु भएपछि भारतको क्वारेन्टाइनमै किरिया बसेका युवालाई नेपाल ल्याउन पहल सुरु
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार १६:३०
१७२९
काठमाडौं । भारतको क्वारेन्टाइनमा आमाको किरिया बसिरहेका दार्चुलाका एक युवालाई नेपाल ल्याउने वातावरण मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।
महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा रहेका शैल्यशिखर गाउँपालिका १ जोगउडाका २५ वर्षीय वासुदेव भट्टलाई ल्याउने वातावरण मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको हो ।
आमाको मृत्युसंस्कारका लागि भट्टलाई नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
आमाको मृत्यु भएपनि नेपाल प्रवेश गर्न नपाएपछि भट्ट दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरियामा रहेका छन् ।भारतमा रोजगारीका लागि गएका भट्ट नेपाल फर्कने क्रममा लकडाउनममा परेका थिए ।