लकडाउनमा बीरगन्जस्थित बैंकहरु खुल्ने यस्तो छ नयाँ तालिका
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार १४:५३
५३८५
बीरगन्ज | बीरगन्जमा बढेको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बैंकहरुले सेवालाई निरन्तरता दिन नयाँ तालिका सार्वजनिक गरेका छन् । कोरोना संक्रमणको जोखीमबाट बच्न र सेवालाई पनि निरन्तरता दिन बैंकहरु अब नयाँ तालिका अनुसार पालैपालो खुल्ने भएका छन् ।
बीरगन्जस्थित विभिन्न बैंकहरुका शाखा प्रबन्धकहरुको पुनः बसेको बैठकले नयाँ तालिका बनाएको नेपाल इन्भेष्टमेन्ट बैंक, बीरगन्ज शाखाका प्रबन्धक रोशन भक्त श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले ग्राहकको भीडभाड नहुने गरी कर्मचारी र ग्राहक दुवैको स्वास्थ्यप्रति सजगता अपाउदैं सेवा सञ्चालनको व्यवस्था मिलाउने निर्णय गरेको छ । लकडाउनमा सबै बैंकका शाखा खुल्दा ग्राहक र कर्मचारीको भीड बढ्ने र यसबाट कोराना संक्रमण फैलिन सक्ने खतरा हुने भन्दै बैंकहरुले सर्तकर्ता अपनाएका हुन् ।
यसअघि पनि बैंकहरु खुल्ने दिन र समयसहितको तालिका बाहिर आएको थियो । तर सो तालिका अनुसार केही बैंकहरुलाई समय र कर्मचारी व्यवस्थापन गर्न गाह्रो भएपछि तालिकामा अलिकति फेरबदल गरिएको श्रेष्ठले बताउनुभयो । नयाँ तालिका लकडाउन अवधिभर लागु हुने उनले जानकारी दिए ।
नयाँ तालिका अनुसार पनि बैंक खुल्ने समय भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नै रहेको छ । तर विभिन्न बैंकहरुको खुल्ने दिनमा भने केही फेरबदल भएको छ । हेर्नुहोस् नयाँ सूची