परदेशमा समस्यामा भए फोन गर्न वैदेशिक रोजगार व्यवसायी संघको आग्रह
वीरगंज संजाल
३ बैशाख २०७७, बुधबार १५:०५
३९४१
काठमाडौं | वैदेशिक रोजगार व्यवसायी संघले परदेशमा कुनै समस्यामा भए फोन गर्न आग्रह गरेको छ। काम गर्ने कम्पनीले कामबाट निकालेको अथवा यस्तै अरु समस्या छन् भने तपाईंले आफ्नो समस्या वैदेशिक रोजगार व्यवसायी संघ समक्ष राख्न सक्नुहुनेछ।
कम्पनीले कामबाट अवकाश दिएमा, तलब नदिएमा, खाना बस्न नदिएमा तथा लकडाउन खुलेपछि नेपाल फर्काउने भनेको छ भने आफूहरुलाई खबर गर्न वैदेशिक रोजगार व्यवसायी संघले आग्रह गरेको छ ।