मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–७ धिराङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङले लागेर ४० वर्षीय चैतसिंह प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार बिहान परेको चट्याङ्ले लागेर प्रजाको मृत्यु भएको हो । चट्याङले लागेर अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा कृष्णबहादर प्रजा, रामबहादुर प्रजा, आलिमाया प्रजा, महेन्द्र प्रजा रहेछन् ।
उनीहरुलाई धिराङस्थित स्वास्थ्य संस्थामा उपचारको व्यवस्था मिलाइएको छ । चट्याङ लागेर पशु चौपाया पनि मरेका छन् । घटनास्थलतर्फ बिहान ६ बजे इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली गएको भएपनि अझैसम्म पुगेको छैन ।
आईतबार र सोमबार पनि राक्सिराङ र कैलाश गायउँपालिकामा चट्याङले लागेर १८ जना घाईते भएका थिए ।