काठमाडौं। कैलालीमा एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको प्रहरीले जनाएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ चनौरामा रहेका आफन्तलाई भेटेर घर फर्किदै गरेकी एक युवतीलाई उनीहरुले सामुहिक बलात्कार गरेको आरोप छ ।
घट्नाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ