• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बैंकमा साइबर हमला : तीन नेपाली पनि समातिए

  • वीरगंज संजाल
  • १७ भाद्र २०७६, मंगलवार १८:४६
  • ४१५१

    काठमाडौं । नक्कली भिसा कार्ड प्रयोग गरेर बैंकका एटिएम मेसिनबाट रकम झिक्ने गिरोहका थप एक सदस्यसहित चिनियाँ हृयाकरको समूहलाई सघाएको आरोपमा तीन नेपाली नागरिक पक्राउ परेका छन् । प्रहरीले आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ मूलका फ्रान्सेली नागरिकलाई र सोमबार ठमेलबाट तीन नेपालीलाई पक्राउ गरेको हो ।

    काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले ३६ वर्षीय सु लुस लीलाई आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनबाट पक्राउ गरिएको पुष्टि गरेका छन् । उनी एटिएम प्रणाली हृयाक गर्ने गिरोहकै सदस्य रहेको प्रहरीको भनाइ छ । सिसिटिभी फुटेजका आधारमा पहिचान गरी उनलाई पक्राउ गरिएको सुवेदीले बताए ।

    मलेसियन एयरलाइन्सबाट मलेसिया जाने तयारीमा रहेका लीबाट प्रहरीले फ्रान्सको नागरिकता फेला पारेको छ । प्रहरीले यसअघि आइतबार बिहान दरबार मार्गमा रहेका विभिन्न बैंकका एटिएम बुथबाट नक्कली भिसा कार्ड प्रयोग गरेर रकम झिक्ने पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उक्त समूहका दुईजना भने फरार रहेको प्रहरीको भनाइ छ ।

    केही दिनअघि मात्रै भ्रमण (भिजिट) भिसामा नेपाल आएका ती चिनियाँ नागरिकहरूले विभिन्न बैंकका एटिएम भिसा कार्डको सिस्टम हृयाक गरेर एटिएम बुथमा रहेको सबै रकम निकालेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हृयाकरको समूहले सर्भिस प्रोभाइडरमै साइबर आक्रमण गरेर रकम निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी सुवेदीको भनाइ छ ।

    प्रहरीले बैंकिङ कसुर मुद्दामा सात दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान अघि बढाएको छ । उनीहरूको साथबाट एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, नौ हजार एक सय आठ अमेरिकी डलर, एक हजार ९० युयान, दुई सय ५० युरो, पाँच हजार कम्बोडियन मुद्रा, ८० हङकङ डलरसहित एटिएमबाट रकम झिक्न प्रयोग गरिने एक सय ३२ थान नक्कली भिसा कार्ड, १७ थान सक्कली भिसा कार्ड, एक थान कार्ड प्रिन्टर मेसिन, ६ थान मोबाइल, एक थान ल्यापटप र एक थान डाटा कार्ड बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

    तीन नेपालीसमेत पक्राउ

    नक्कली भिसा कार्ड प्रयोग गरेर बैंकका एटिएम मेसिनबाट रकम झिक्ने गिरोहका चिनियाँ नागरिकलाई सघाएको आरोपमा प्रहरीले तीनजना नेपाली नागरिकलाई समेत पक्राउ गरेको छ । प्रहरीले ठमेलस्थित डेक्सो मनी चेञ्जरका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी चेञ्जरका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार ठमेलमा रहेको डेक्सो मनी चेञ्जर र नेपालय मनी चेञ्जरले अनधिकृत रूपमा चारजना चिनियाँलाई २८ हजार आठ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए । चारजना चिनियाँले आलोपालो गरी ठमेलका दुवै मनी चेञ्जरमा पुगेर पैसा साटिरहेको सिसिटिभी क्यामेरामा भेटिएको छ । प्रहरीले दुवै मनी चेञ्जरका सिसिटिभी फुटेज लिएर अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑