कोरोना शंकास्पद काठमाडौंका तीनमध्ये २ जनाको रिपोर्ट पोजेटिभ
वीरगंज संजाल
२ बैशाख २०७७, मंगलवार १२:४८
२५९७
काठमाडौं | काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीन जनामा दुईजनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको रिपोर्ट साँझसम्म आउनेछ ।
बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो ।
उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्। ३ जना मध्ये आमाको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।