• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कहाँ-कहाँ घुमे तीन संक्रमित ?

  • वीरगंज संजाल
  • १ बैशाख २०७७, सोमबार ०७:४६
  • ४५११

    काठमाडौँ |  पर्सामा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन जना भारतको दिल्ली र उत्तर प्रदेशका बासिन्दा हुन् । उनीहरू दिल्ली र उत्तर प्रदेशबाट फारबिसगन्ज (बिहार) हुँदै पुस २ गते १४ जनाको समूहमा नेपाल आएका थिए ।जोगवनी नाकाबाट भित्रिएका उनीहरू फारबिसगन्जबाट रेलमा आएका थिए ।



    सप्तरीको बोदेबरसाइन नगरपालिका–५, जाजरमा फागुन ३ गते आयोजित अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनलाई लक्षित गरेर नेपाल आएका उनीहरू केही दिन सुनसरीको दुहवीमा बसे। त्यहाँबाट सुनसरी सदरमुकाम इनरुवातर्फ लागे। करिब एक साताजति इनरुवामै बसेर उनीहरू सप्तरीको जाजरस्थित अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनस्थलतर्फ गएका थिए। सबैतिर पुग्न उनीहरूले सार्वजनिक गाडी प्रयोग गरेका थिए।


    उनीहरू सकभर मस्जिद भएका स्थानमै बस्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। सम्मेलन सकेर केही दिन उनीहरू त्यही मस्जिदमा बसेका थिए। उनीहरू मुस्लिम सम्मेलनपछि दिल्ली फिर्ता भएको आशंका गरिए पनि अनुसन्धानमा संलग्न अधिकारीहरूले उनीहरू दिल्ली नगएको दाबी गरेका छन्। मुस्लिम सम्मेलनबाट उनीहरू दिल्ली गए वा सिधै पर्सा गए भन्नेबारे खोजबिन भइरहेको छ। नेपाली सेना र प्रहरीका विशेष टोली यसको अनुसन्धानमा जुटेका छन्।



    उनीहरू पर्साको सुगौलीलगायत तीनवटा मस्जिदमा पनि बसेको भेटिएको छ। सरकारले चैत ११ बाट देशभर लकडाउन घोषणा गरेको दुई दिनपछि (चैत १३ गते) उनीहरू पर्साको सुगौलीस्थित एक मस्जिदबाट वीरगन्ज महानगरपालिका–२, छपकैयास्थित श्रीराम हलनजिकै रहेको मस्जिद प्रवेश गरेको भेटिएको छ। उक्त मस्जिदमा कोरोना संक्रमण पुष्टि भएका तीन जनासहित २९ जना एकैपटक गएका थिए।



    ‘आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन जना पुस २ गते फारबिसगन्जबाट जोगवनी/रानी भन्सार हुँदै नेपाल भित्रिएका १४ जना भारतीय मुसलमानको समूहमा थिए,’ प्रहरी र सैनिक उच्च स्रोतले भन्यो, ‘नेपाल आएपछि सुनसरीको दुहबी, इनरुवा, सप्तरीको राजविराज तथा आसपास हुँदै वीरगन्ज आएको देखिन्छ। यकिन मिति र विवरण पत्ता लगाउन प्राविधिक अनुसन्धान भइरहेको छ।’



    स्रोतका अनुसार पर्साका विभिन्न तीनवटा मस्जिद हुँदै वीरगन्जको मस्जिद पुगेका उनीहरूसँग को–को थिए भन्नेबारे अनुसन्धान भइरहेकाले यकिन भन्न नसकिने स्रोतले बतायो। पर्साबाट अन्य जिल्ला नगएको बयान उनीहरूले दिएका छन्। मस्जिदमा रहेका २६ जनालाई क्वारेन्टाइन र संक्रमित तीन जनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। क्वारेन्टाइनमा रहेका तीन जनालाई शनिबार मस्जिदबाट नियन्त्रणमा लिएर वीरगन्जकै चिनी मिलस्थित सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको छ। त्यहाँबाट भाग्नसक्ने आशंकामा उनीहरूलाई कडा सुरक्षा पहरा मिलाइएको छ।



    उनीहरू दिल्लीको मस्जिदमा समेत सहभागी भएर आएको आशंकामा कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्रोतले बतायो। नेपाल प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले मस्जिदबाट क्वारेन्टाइन र आइसोलेसनमा राखिएका सबैको ट्राभल हिस्ट्री खोजबिनका क्रममा रहेको बताए। ‘यस विषयमा अनुुसन्धान भइरहेको छ, को–कहिले कहाँबाट आएका हुन् र कहाँ बसे भन्ने यकिन विवरण छिट्टै बाहिर ल्याउँछौं।’ संक्रमितसँग भेटघाट र संगत गर्ने सबैको खोजीमा सुरक्षाकर्मीहरू जुटेको उनले बताए।



    नाकामा कडाइ गरिदिन मुख्यमन्त्रीले मागे सहयोग



    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल–भारत सीमा नाकामा थप कडाइ गरिदिन गृहमन्त्री रामबहादुर थापासँग आइतबार आग्रह गरेका छन्। वीरगन्जको एक मस्जिदमा आएका तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि गृहमन्त्री थापालाई टेलिफोनमार्फत मुख्यमन्त्री राउतले भारतसँग सीमा जोडिएका नाकाबाट आवतजावत पूर्णरूपमा निषेध हुने गरी सुरक्षा व्यवस्था कडा पार्न आग्रह गरेका हुन्।



    ‘वीरगन्जको मस्जिदमा आएका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि प्रदेश २ का मुख्यमन्त्रीले गृहमन्त्रीलाई फोन सम्पर्क गरी सीमा नाकाबाट मानिस आवतजावत निषेध गरिदिन आग्रह गर्नुभयो,’ गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीले भने, ‘त्यसक्रममा गृहमन्त्रीले लकडाउन कार्यान्वयन र सीमा नाका सिल गर्न सबै रणनीति अवलम्बन गरिएको र थप तैनाथी बढाइने स्पष्ट पार्नुभयो।’ मुख्यमन्त्री राउतले कोरोना संक्रमण थप फैलिन नदिन सीमा नाका सिल गर्नुको विकल्प नभएको बताएका थिए। संघीय सरकारअन्तर्गतका प्रशासन र प्रहरी संरचनालाई थप चुस्त रूपमा खटाउन पनि उनले आग्रह गरे। जवाफमा गृहमन्त्री थापाले गोरेटो बाटो र खेतबारीसम्म सुरक्षा फौज तैनाथी भइसकेको र आवश्यकता परे अन्य स्थानबाट थप जनशक्ति परिचालन गरिने बताएका थिए।



    प्रदेश २ का ८ जिल्लाको भारतसँग ४ सय ६४ किमि लामो सीमा जोडिएको छ। खुला सिमानाका कारण अनौपचारिक नाका र खेतबारीबाट आवतजावत गर्ने क्रम अझै पूर्णरूपमा नियन्त्रण हुन सकेको छैन। सशस्त्र प्रहरीले प्रदेश २ मा मात्रै सीमातर्फ ४ सय २६ चेक प्वाइन्टबाट सुरक्षाजाँच गरी आवतजावत रोकेको छ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑