• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज छपकैयामा शंकास्पदको खोजी, कोरोना अस्पतालको माग गर्दै चिकित्सक

  • वीरगंज संजाल
  • ३० चैत्र २०७६, आईतवार २०:५०
  • ४१४३

    वीरगन्ज | वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमाती (धर्म प्रचारक)मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि छपकैया क्षेत्र शील गरिएको छ।  ३७ , ४४ र ५५ वर्षीय मुस्लिम जमातीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।


    उनीहरु तीनैजनाको अस्पतालको आइसोलेनसमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण भेटिएका ३ जना भारतीयमध्ये २ जना भारत उत्तर प्रदेशका र १ जना दिल्लीका हुन् । वीरगन्ज २ छपकैयास्थित जामे मस्जिदमा ९÷१० दिनदेखि बस्दै आएका २४ जना भारतीय मुस्लिम जमातीमा रुघाखोकी र ज्वरो देखिएपछि  स्थानीय एक नेताले उनीहरुलाई गत बिहीबार उपचारका लागि नारायणी अस्पालमा ल्याएका थिए।


    स्वास्थ्य चेकजाँच गर्दा उनीहरुमा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकले स्वाब संकलन गरी क्वारेन्टाइनमा बस्न आग्रह गरिएको थियो । तर चिकित्सकको आग्रह अटेर गर्दै उनीहरु सबै फेरि छपकैयाकै मस्जिदमा फर्किएका थिए । उनीहरुबाट संकलन गरिएको स्वाब परीक्षणका लागि अस्पतालले बिहीबारै हेटौडाको प्रयोगशालामा पठाएको थियो ।


    हेटौडाको प्रयोगशालाबाट शुक्रबार साँझ अस्पताल पठाइएको २४ परीक्षणमध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले ती ३ जनालाई शुक्रबार साँझ नै मस्जिदबाट नियन्त्रणमा लिएर अस्पतालको आइसोलेसनमा राखेको हो ।



    हेटौडाको प्रयोगशालबाट आएको रिपोर्टमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएपनि बाहिर सार्वजनिक नगरी अस्पतालले पुन परीक्षणका लागि ३ जनाको स्वाब काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।



    आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त रिपोर्ट पनि पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले ती ३ जना भारतीयमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। उनीहरु केही हप्ताअघि दिल्लीमा भएको तबलगी जमातमा सहभागी भई नेपालमा आएर बसेको आशंका गरिएको छ ।



    कोरोनाका संक्रमण पुष्टि भएका ३ जना भारतीयहरु बसेको छपकैयाको मस्जिद र नजिकैको घुसुकपुर मस्जिदबाट गरी शनिबार साँझ प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । छपकैयाको मस्जिदबाट ११ जना र घुसुकपुरको मस्जिदबाट १५ जना गरि २६ जना मुस्लिम जमाती र मौलानाहरुलाइ प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो।



    आइसोलेसन भित्रै गलत हर्कत



    नारायणी अस्पतालको आइसोलेसनमा शुक्रबार साँझदेखि राखिएका कोरोना संक्रमीत भारतीय मुस्लिम जमातीले अनौठो व्यवहार देखाउनुका साथै अभद्र हर्कत गरिरहेका छन्।  आइसोलेसन वार्ड बाहिर सुरक्षामा खटिएका नेपाल प्रहरीका एक सुरक्षाकर्मीका अनुसार आइसोलेसनमा रहेका तीनजना भारतीय जमातीले डाक्टर र नर्सका कुरा नमान्ने , रोग सारिदिन्छु भनेर धम्क्याउने गरेका छन् ।



    आइसोलेसनको कोठाभित्रै बस्न भनिए पनि उनीहरु कोठाबाट बाहिर निस्किएर घुम्ने गरेको ती सुरक्षाकर्मीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए । ‘कोठाबाट बाहिर निस्किएर घुम्छन्, कोठाभित्रसँगै टाँसिएर नमाज पढ्छन् , ती सुरक्षाकर्मीले भने,’ हात धुने बेसीनमा चढेर  खुट्टा धुन थाल्छन्। ‘



     कोरोना संक्रमीत भारतीय मुस्लिम जमातीहरु बस्दै आएको वीरगन्ज २ छपकैयाको मस्जिद । तस्बिर :  क्रान्ति शाह

    आइसोलेसन राखिएका भारतीय जमातीले अभद्र व्यवहार गर्न थालेपछि शनिबार डाक्टर र नर्स चेकजाँचका लागि आइसोलेसन वार्डमा नगएको अस्पताल श्रोतले जनाएको छ ।



    शंकास्पद व्यक्तिको खोजी सुरु



    यसैबीच ३ जना संक्रमित भेटिएको वीरगन्ज २ छपकैया क्षेत्रलाई स्थानीय प्रशासनले आइतबार अपरान्हदेखि शील गरेर शंकास्पद व्यक्तिको खोजी  सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित जमाती बस्दै आएको मस्जिद रहेको वडा नम्बर २ छपकैया क्षेत्रलाइ शील गर्ने निर्णय गरेको हो ।



    बैठकको निर्णयलगत्तै सुरक्षकर्मी परिचालन गरेर छपकैया क्षेत्रलाइ शील गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए । यस्तै बैठकले वीरगन्जमा छुटटै कोरोना भाइरस विशेष अस्पताल संचालन गर्ने निर्णय गरेको छ ।वीरगन्जको एक निजी अस्पताल भाडामा लिएर छुटटै कोरोना भाइरस विशेष अस्पताल संचालन गर्ने निर्णय गरिएको जानकारी दिँदै बस्नेतले यसका लागि आवश्यक प्रक्रिया थालिसकिएको पनि जानकारी दिए ।



    कोरोना भाइरस विशेष अस्पताल संचालन गर्न चिकित्सकको माग



    ३ जना संक्रमितलाई राखिएको आइसोलेसन वार्ड रहेको नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले छुटटै कोरोना  विशेष अस्पताल संचालन गर्न सरकारसँग माग गरेका छन् । अस्पतालको आइसोलेसन राखिएका ३ जना भारतीयमा कोरोनाको संक्रमण रहेको आइतबार पुष्टि भएपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अस्पतालमा जोखिम बढेकाले छुटटै कोरोना भाइरस विशेष अस्पताल संचालन गर्न माग गरेका हुन् ।



    आइतबार नै बसेको अस्पतालका चिकित्सकको आकस्मिक बैठकले अरु रोगका बिरामी र कोरोनाका संक्रमितलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा त्यसले झन जोखिम थपिने भएकाले छुटटै कोरोना भाइरस विशेष अस्पताल संचालन गर्न संघ र प्रदेश सरकारसँग माग गरेको हो ।


    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जति सक्दो छिटो छुटटै कोरोना विशेष अस्पताल संचालन गर्नुपर्ने बताए । चिकित्सकको आकस्मिक बैठकलले कोरोनाका संक्रमित भेटिएको वीरगन्ज २ छपकैयाको पुरै टोल तत्कालै शील गरेर संक्रमीतसँग हेलमेलमा रहेकाको खोजी सुरु गर्न पनि स्थानीय प्रशासनसँग माग गरेको छ ।क्रान्ति शाह



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
  • बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    वर्षामा वीरगन्ज शहरलाई डुबाउनबाट जोगाउन रातका समयमा पनि नाला सफाई

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    News

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    News

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑