वीरगन्जका स्थानीयहरुले सेवा र भाइचाराको अनौठो मिसाल कायम गर्दै
वीरगंज संजाल
२९ चैत्र २०७६, शनिबार १३:२३
५६०५
बीरगंज।मुकेश खेतान | लक डाउन पश्चात नेपालका विभिन्न ठाऊमा रोजगारीका लागि रहनु भएका लगभग ३५० भारतीय र नेपालीहरु घर जानका लागि चेत्र १९ गते वीरगन्ज पुगे पछि प्रशासन द्वारा क्वॉरेंटाइनमा राख्ने उद्देश्यले नियन्त्रणमा लिई ठाकुर राम बहुमुखी क्याम्पसमा राखिएको थियो।
यसको जानकारी भए पछि स्थानिय हरु त्रसित बनेका थिए।यस्तो गम्भीर स्थितिमा ग्रीन सिटीले अगाडि आएर जिम्मा लिनु भयो र रूंगटा वेलफेयर सोसाइटीको सह्योगमा खानाको व्यवस्था मिलाउनुभयो।
३५० जना एकासी आए पछि ४ घण्टा पनि न बित्दा जिल्ला प्रशासन, पर्साको नेतृत्वमा ग्रीन सिटीले रुंगटा वेलफेयर सोसाइटी, भारतीय वाणिज्य दूतावास, बीरगंज र पर्सा प्रहरी सशस्त्र प्रहरीको सहयोगमा समुचित व्यवस्था मिलाउनु भएको थिए।जिल्ला प्रशासनले सबै लाई झुल पनि उपलब्ध गराउनु भएको छ।नेपाली नागरिक हरूलाई स्वास्थ्य परीक्षण पछि आवश्यक प्रक्रिया पुर्याई घर जानका लागि छोडिदिनु भएको जानकारी ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतान ले गराउनु भयो।
नेपाली नागरिकहरूलाई घर फर्काएपछि समाचार संकलन सम्म १८९भारतीय हरू लाई ठाकुर राम क्याम्पसमा क्वॉरेंटाइनमा राखेर नियमित रुपमा ४ टाइमको शुद्ध र पौष्टिक नास्ता खाना र खाजा उपलब्ध गराउदै आएको र समय समयमा भवानी अस्पतालको सहयोगमा स्वास्थ्य चेकजाच पनि भइरहेको जानकारी पनि अध्यक्ष खेतानले गराउनुभयो।
शुद्धता र सरसफाइलाई मध्यनजर गरि खाना बनाउने व्यवस्था ग्रीन सिटी र रुंगटा वेलफेयर सोसाइटीका सदस्यहरूको देख रेखमा मिलाइएको जानकारी रूंगटा वेलफेयर सोसाइटीका सुरेश रुंगटाले गराउनुभयो।
नाश्ता र भोजन सेवामा ग्रीन सिटी, महावीर मंदिर समिति, आत्मज्ञान प्रचार प्रसार समिति, राजकुमार कलवार, नगवा युवा समिति, गोपाल राय त्रिवेणी देवी शंघाई सेवा ट्रस्ट, सीताराम शरण चौधरी, नारायणी युवा कमेटी, बिरगंज लेडीस सर्कल 3 एसटीएफ, जगत प्रसाद कानू, भोला कलवार, राउंडटेबल नेपाल, बीरगंजले पनि सेवा उपलब्ध गराउनुभएको जानकारी ग्रीन सिटी अध्यक्ष खेतानले दिनुभएको छ।
राउंड टेबल नेपाल, बीरगंज शाखा द्वारा ठाकुर राम क्याम्पसमा राखिएका भारतीयहरुको लागि १५०थान सैनिटाइजर, ,२२५ थान मास्क र ५ थान पी.पी.ई. सेट ग्रीन सिटीलाई स्थानान्तरण गरिएको जानकारी राउंडटेबल नेपाल, वीरगंजका अध्यक्ष धिरज अग्रवालले गराउनुभयो।