पर्सा | बिभिन्न समयमा प्रहरी बिवादमा रहदापनी देशमा संकट परेका बेला ई नै प्रहरी अगाडी देखिएको कुरा सर्वबिदितै छ।संसार भरी महामारीको रुपमा तिब्र गतीले बढदै गरेको कोरोना भाईरस अर्थात कोभिड 19 को प्रकोपले संसारनै लकडाउनको अवस्थामा रहेको बेला पर्सा प्रहरी द्वारा पर्सा वासीलाई सजिलो होस भन्दै बिभिन्न संस्थाको सहयोगमा एकिकृत सहायता कक्ष संचालन गरिएको छ।
अती आवश्यक बस्तु लगायत भारतीय औषधि जुन नेपालमा पाईन्दैन्न त्यस्ताको लागी सर्वसधारणले 9844982690/9844982799 मा सम्पर्क गरेपछि प्रहरीले सहजै औषधि उपलब्ध गराउने र सकेसम्म घर सम्मै पुर्याउने योजना रहेको र गरिएको पनी पर्साकी sp गंगा पन्त बताउछिन।
कोरोनाको कहरले संसारनै त्रसित रहेकोबेला पर्सा खुल्ला सिमानाका कारण बढी जोखिम रहेको भनिन संगै सरकार द्वारा जारी गरिएको लकडाउनको मर्म नबुझि बिभिन्न बहाना गरी बाहिर निस्किने, हिलडुल गर्ने जस्ता कृयाकलाप गर्ने जो कोहीलाई पनी समझाउने बुझाउने र नमाने कार्यवाहीको दायरामा ल्याउने उनी थपीन। लकडाउन गरिएको गरिएको भोलीपल्ट बाट्ट शुरु गरिएको हेल्प डेस्क बाट्ट दिनहु कैयौ जन्नालाई औषधि उपलब्ध गराईरहेका कुरा भोलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तव ले बताए।
जान्कारी पाउन्नसाथ अती बिपन्न गरिब जो खाना नपाई भोकै बसिरहेका को लागी यसै हेल्पडेस्कको माध्यमले खाधान् बस्तु सहयोग घर सम्मै पुर्याईरहेको छौ पियुष कादमीयाले भने । हेल्पडेस्कमा सहजिकरणका लागी बीभीन्न संस्थाका प्रतिनिधि हुन्छौ र फोन आएपछी सेवा गर्न जुनै बेला तत्पर रहन्छौ हामी भोलेन्टियका महासचिव श्याम सरार्फले थपे। लकडाउनको बेला भईरहेको गतीबिधी आउने समस्याको समाधान तै हेल्पडेस्कको सहयोगमा गरिरहेका छौ एक सुरक्षाकर्मीले भने। हिजो सम्म अली सहज गरिएको गरिएको भएपनी आजबाट्ट खुल्ला ठाउमा बिक्री वितरण हुदैआईरहेको तरकारी,
फलफुल बेचबिखनमा रोक लगाईएको छ ।अती आवश्यक कामको लागी पनी बजार निस्किदा परिचय र ठेगाना खुल्ने परिचय पत्र संगै बोकेर ननिस्किदा पर्सा प्रहरीले कार्यवाही गर्ने भएको छ।लकडाउन रहरले होईन्न कि बाध्यता वस लगाईएको र यसले सबैको स्वास्थ्य संह प्रत्यक्ष सरोकार राखेकोले प्रहरीको डरले होईन्न कि आफ्नो परिवार, समाजको लागी सजग भई घरमै बसी प्रहरीलाई सहयोग गर्न sp पन्त अनुरोध गरिन।