• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कसलाई कति प्रोत्साहन भत्ता ?

  • वीरगंज संजाल
  • २७ चैत्र २०७६, बिहीबार १०:४८
  • ३४५७

    काठमाडौँ | सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रण, उपचार, रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउन मुलुकभर खटिएका चिकित्सक, नर्स, स्वास्थ्यका प्राविधिक, कर्मचारीदेखि सुरक्षाकर्मीसम्मलाई प्रोत्साहन भत्ता दिने भएको छ ।


    मन्त्रिपरिषद्ले सोमबार परिचालित सबै स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न जोखिम अवधिभर भत्ता दिने निर्णय गरेको हो।


    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीका अनुसार जोखिममा परिचालित स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीका लागि प्रोत्साहन भत्तामा मासिक १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विवरण देशभरबाट सिफारिस भएर आएपछि मात्र यस्तो प्रोत्साहन भत्तामा कति खर्च हुन्छ भनेर यकिन भन्न सकिने अर्थ मन्त्रालयका अधिकारीले बताए।


    मन्त्रिपरिषद् कार्यालयका ती अधिकारीका अनुसार अग्रपंक्तिमा रहेर कोभिड–१९ बाट संक्रमित तथा आशंकित र आइसोलेसनमा रहेका बिरामीको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र नर्सले शतप्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्। अर्थात् उनीहरूले तलब बराबर नै थप भत्ता पाउनेछन्।


    दोस्रो पंक्तिमा रहेर पहिलो पंक्तिका चिकित्सक, स्वास्थ्यकर्मी र नर्सलाई सहयोग पुर्‍याउने र प्रयोगशालामा काम गर्ने स्वास्थ्यका प्राविधिक कर्मचारीले तलबको ७५ प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्। पहिलो र दोस्रो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यका प्राविधिक कर्मचारीलाई सहयोग पुर्‍याउने सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारी (तेस्रो पंक्ति) ले तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्।


    करारमा कार्यरत चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी, ल्याब र प्रयोगशालाका प्राविधिक तथा सहायक कर्मचारी तथा कार्यालय सहयोगीले समेत यस्तो प्रोत्साहन भत्ता पाउनेछन्सरकारले स्वास्थ्य स्वयंसेविकालाई मासिक १५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। मुलुकभर ७ सय ५३ स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयंसेविकाको संख्या ५० हजार हाराहारी छ।


    सरकारले ती स्वयंसेविकालाई कोभिड–१९ को सम्भावित संक्रमण रोकथामका लागि जनचेतना फैलाउन र आशंका गरिएका बिरामीलाई अस्पतालमा उपचारका लागि लैजाने व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ।


    मन्त्रिपरिषद्ले कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउन खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीलाई समेत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ।


    अग्रपंक्तिमा रहेर व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएर संक्रमित, आशंकित र क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई समातेर ल्याउने सुरक्षाकर्मीले शतप्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्। अस्पतालमा रहेका संक्रमित, आइसोलेसनमा रहेका बिरामी तथा क्वारेन्टाइनको सुरक्षार्थ पीपीई गाउन लगाएर अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले समेत शतप्रतिशत भत्ता पाउनेछन्।


    संक्रमित, आइसोलेसनमा रहेका र आशंकित बिरामीको सुरक्षार्थ दोस्रो पंक्तिमा रहेर खटिने र पीपीई गाउन लगाउनु नपर्ने सुरक्षाकर्मीलाई भने ५० प्रतिशत प्रोत्साहन भत्ता दिइनेछ। आशंकितलाई पक्राउ गरेर ल्याउन तथा क्वारेन्टाइनको सुरक्षार्थ दोस्रो पंक्तिमा रहेर खटिने सुरक्षाकर्मीले समेत ५० प्रतिशत भत्ता पाउनेछन्।


    लकडाउन र सामाजिक दूरीलाई प्रभावकारी बनाउन र उल्लंघन गर्नेलाई नियन्त्रण गर्न तथा जनचेतना फैलाउन देशभरका चोक, सडक तथा बस्तीमा परिचालन हुने तेस्रो पंक्तिका सुरक्षाकर्मीले भने दैनिक ३ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन्। सुरक्षाकर्मीहरू पहिलो, दोस्रो र तेस्रो पंक्तिमा रहेर खटिएको विवरण सम्बन्धित युनिट प्रमुखले प्रमाणित गरेर सिफारिस गर्नुपर्ने प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए।


    कर्मचारी सञ्चय कोषले समेत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित आफ्ना सबै सञ्चयकर्ता कर्मचारीलाई कोभिड–१९ बाट संक्रमित भए १० लाख रुपैयाँसम्मको स्वास्थ्योपचार खर्च बेहोर्ने भएको छ। कोषले कोभिड–१९ लाई समेत ठूला र घातक रोगको सूचीमा राखी सञ्चयकर्तालाई १०/१० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा गरेको जानकारी अर्थ मन्त्रालयका अधिकारीले दिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑