• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘सबै परिवार नेपालमा छ तर पनि अमेरिकामा एक्लो नठानी लडेर कोरोनालाई जीतें’

  • वीरगंज संजाल
  • २७ चैत्र २०७६, बिहीबार ०६:४९
  • २३२३

    अमेरिका । कोरोनाको संक्रमणका कारण झण्डै एकसाता अगाडि न्युजर्सीको बेशोर अस्पतालमा भर्ना भएका थिए बाग्लुङका ५० बर्षका टिकाराम उपाध्याय । झण्डै एकसाता अस्पतालमा भर्ना भएका उनी हिजो बेलुका अस्पतालबाट डिस्चार्ज भएका छन् ।


    अस्पतालबाट डिस्चार्ज भइसकेपछि उनले भने – ‘सबै परिवार नेपालमा छ । तर पनि आफूलाई अमेरिकामा एक्लो छु भनेर कहिलेपनि मनोबल कमजोर हुन दिइन । कोरोनाबिरुद्ध लडेर अहिले सकुशल फर्केको छु ।’ मार्चको अन्तिम साता सामान्य खोकी लाग्ने भइरहेको थियो उनलाई । तर आफूलाई कोरोनाकै संक्रमण भएहोला भन्ने सोंचेनन् उनले । खोकी लाग्दा र घाटी दुख्दा आफै तातो पानी तताएर खाए । स्टोरबाट टाइलोनोल लगायतका औषधी निकालेर खाए । तर निको भने भएन ।


    मार्च ३० को राती काम गरेर मार्च ३१ को विहान कोठामा आएर सुतेका उनलाई अचानक हनहनी ज्वरो आयो । ज्वरो यति आयो कि उनी सुतेको सबै कपडा पसिनाले भिजेको थियो । कतिवबेला जाडो हुने त कतिबेला गर्मी हुने भइरहेको थियो । तर पनि उनी बेलुका भने काममा गए । काममा गएको बेला एकदमै ढाडदुख्यो र हातखुट्टाका जोर्नी पनि असाध्यै दुखे । उनले टाइलोनोल खाए तर दुख्न छाडेन । उनी भन्छन् – ‘कोरोनाको संक्रमण भएपछि त अचम्मै हुने रहेछ, ढाड दुखेर अडिनै नसक्ने भयो । मलाई अहिलेसम्म कहिलेपनि त्यसरी दुखेको थिएन । तर यसपटक त सहनै नसक्नेगरी दुख्यो ।’


    त्यसपछि उनले आफ्नो स्वास्थ्यबारे सँगै काम गर्ने अरु नेपालीहरुलाई जानकारी दिए । र, अस्पताल लगेर छाडिदिन अनुरोध गरे । सँगै काम गर्ने अरु नेपालीहरुले उनलाई गाडीमा राखेर अस्पतालको इमर्जेन्सीमा लगे । अस्पतालको इमर्जेन्सीमा गएपछि कोरोना परीक्षणका लागि उनको नाक र मुखबाट स्वाब लिइयो । र, उनलाई अस्पतालमा भर्ना गरियो । अप्रिल १ मा अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षणको रिपोर्ट अप्रिल ३ मा आयो । रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । सुरुमा उनी निकै आत्तिए तर अस्पतालले गरेको सहयोगका कारण उनले मनोबल उच्च बनाए ।


    उनलाई विभिन्न औषधीहरु चलाएपछि ज्वरो हट्यो । खोकी लागेको अवस्थामा उनलाई खोकीको औषधी दिइएको थियो । यसरी उनलाई झण्डै एकसाता अस्पतालमा भर्ना गरेर उपचार गरियो । उपचार भइरहेको अवस्थामा रगत जाँच गरेर हिजो त्यसको रिपोर्ट आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । अस्पतालबाट डिस्चार्ज भइसकेपछि कता जाने भन्नेमा अन्यौल थियो । किनभने उनी अरु तीनजना नेपालीसँग मिलेर बस्दै आएका थिए । तर काम गर्ने स्थानका साहुले अर्को एउटा स्थानमा बसिरहेका २ नेपालीहरुलाई सारेर टिकारामका लागि छुट्टै बस्ने बन्दोबस्त गरिदिए । त्यसपछि अस्पतालकै गाडीमा उनी उक्त स्थानमा गएर अहिले आइसोलेसनमा बसिरहेका छन् ।


    ‘यस्तो बेलामा परिवारको अभाव त महसुस हुने रहेछ । तर पनि सबैको सहयोगका कारण आफुलाई एक्लो महसुस गर्नुपरेन । कोरोना संक्रमण भएपछि नेपालमा रहेका परिवार असाध्यै आत्तिए । तर मैले अस्पतालबाट पनि नियमित फोन र भिडियोमा कुराकानी गरेर नआत्तिन भनें । परिवारले पनि फोन र भिडियो च्याटबाट ढाडस दिइरहेका थिए ।’ – उनले भने । कोठामा आइसकेपछि एक्लै भएकाले उनले आफै पकाएर खाए । ‘कोठामा आइसकेपछि भात पकाएर खाएँ । विहान चनाको दाल पकाएर खाएँ । तातोपानी र औषधीहरु खाइरहेको छु । अहिले निको भइरहेको अनुभव भइरहेको छ ।’ – ११ बर्षदेखि अमेरिकामा बस्दै आएका उनले भने ।


    उनी अबको झण्डै एकसाता आइसोलेसनमा बस्ने बताएका छन् । उनी भन्छत् – ‘ठीक समयमा अस्पताल गयो भने आत्तिनु नपर्ने रहेछ ।’ उनीसँगै कोठामा बस्ने अरु कसैलाई पनि अहिलेसम्म लक्षण देखिएको छैन । अस्पतालले सँगै बस्ने अरुको पनि कोरोना परिक्षण गर्नुभएको बताएको थियो । तर अरुको कोरोना परिक्षण गरिएको छैन । (खसोखास डटकमबाट)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑