• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाभाइरस: ब्रिटेनका स्वास्थ्यकर्मी सुरक्षाका लागि प्लास्टिकको सहारा लिँदै

  • वीरगंज संजाल
  • २६ चैत्र २०७६, बुधबार २३:५९
  • ३८१५

    कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या लगातार बढ्न थालेपछि ब्रिटेनका अस्पतालहरू सघन उपचार कक्षका शैय्याहरू थप्न दिनरात काम गरिरहेका छन्।

    तर बीबीसीसँग कुरा गर्दै एक सघन उपचार कक्ष चिकित्सकले देशमा केही


    स्वास्थ्यकर्मीहरूले सहयोग र सुरक्षासाधनको अभावमा भोग्नुपरेको नमीठो पक्ष देखाएका छन्।


    बीबीसीसँग केही स्वास्थ्यकर्मीहरूले उनीहरूको अस्पतालमा देखिएको उपकरण अभावका बारेमा बताएका छन् तर मिडियासँग कुरा नगर्न चेतावनी दिइएका कारण उनीहरू खुल्न सकेका छैनन्।


    मिडल्यान्ड्सका एक चिकित्सकले भने यस विषयमा बोल्न चाहिन् र बीबीसीले उनको परिचय गोप्य राख्न उनको नाम परिवर्तन गरेको छ।


    डा. रोबर्ट्सले कोरोनाभाइरस सङ्क्रमितका कारण भरिएको सघन उपचार कक्ष भएको एक अस्पतालको बारेमा बताइन्। त्यहाँ सबै शल्यक्रियाहरू सारिएको छ भने क्यान्सर क्लिनिक समेत रद्द गरिएको छ। त्यहाँ यथेष्ट कर्मचारी छैनन्, सघन उपचारका लागि शैय्या छैन र सामान्य एन्टिबायोटिक्स् औषधि र भेन्टिलेटरको पनि अभाव छ।


    यो सबै कारणका बीच एप्रिलको १४-१५ तिर यूकेका कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा उच्चविन्दुमा पुग्ने अनुमान गरिएको छ र अस्पतालका कर्मचारीहरूले त्यसले अहिले नै दबाव महसुस गरिरहेका छन्।


    तर डा. रोबर्ट्सले बताएका यी कुनै पनि कुरा त्यति डरलाग्दो छैन जति प्रत्येक दिन १३ घण्टा सिकिस्त बिरामीहरू हेरिरहेका स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा उपकरण पीपीईको अभावमा प्लास्टिकका फोहोर राख्ने झोला, प्लास्टिकका एप्रन र सापटी लिइएका स्की खेल्ने चस्मा प्रयोग गर्नुपरेको अवस्था छ।

    स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा उपकरण पीपीईको अभावमा प्लास्टीकका फोहोर राख्ने झोला

    आमनागरिकहरूलाई दुई मिटरको दूरी राखेर सामाजिक दूरी राख्न अनुरोध गरिएको बेला यूकेका न्याश्नल हेल्थ सर्भिस एनएचएसका कर्मचारीहरूलाई भने कोरोनाभाइरस सङ्क्रमणको आशङ्का लागेका मानिसहरूलाई २० सेन्टिमिटर परबाट जाँच्न भनिएको छ र त्यो पनि बिना सुरक्षा उपकरण।

    डा. रोबर्ट्स भन्छिन् आउने दिनको डरमा अस्पतालका कतिपय विभागहरूले भएका पीपीईहरू पनि लुकाउन थालेका छन्।

    “कोरोनाभाइरसको सङ्क्रमणको सबैभन्दा जोखिममा रहेका सघन उपचार कक्षका नर्सहरूलाई कुनै सुरक्षा प्रदान नगर्ने टोपी लगाएर काम गर्न भनिएको छ। यो गलत हो। त्यसकारण हामी प्लास्टिकका झोला वा एप्रनले आफ्नो टाउको छोप्न बाध्य छौँ।”


    सरकारले वितरण प्रणालीमा कमजोरी भएको स्विकारेको छ र सशस्त्र बलको सहयोगमा राष्ट्रिय वितरण टोलीले स्वास्थ्य उपकरणहरू सबै अस्पतालमा पुर्‍याउन चौबिसै घण्टा काम गरिरहेको बताएको छ।


    एनएचएस इङ्गल्यान्डले एप्रल १ मा १० लाखभन्दा बढी मास्क वितरण गरिएको बताएको छ तर त्यो भन्दा बढी आवश्यक पीपीईको बारेमा बोलेको छैन।


    डा. रोबर्ट्सले अहिलेसम्म आफू काम गर्ने अस्पतालले सरकारबाट केही स्वास्थ्य सुरक्षा सामग्री नपाएको बताइन् र त्यसले तनाव सिर्जना गरेको बताइन्।


    “हामीले अहिले प्रयोग गरिरहेका मास्कहरू सबैमा नयाँ म्याद मिति टाँसिएको छ। हिजो एउटामा तीनवटा स्टिकर थियो। पहिलोमा म्यादमा मिति सन् २००९ थियो भने दोस्रोमा सन् २०१४ र सबैभन्दा माथिको सन् २०२१ थियो।”


    मास्कहरू सबैमा नयाँ म्याद मिति टाँसिएको छ

    इङ्गल्यान्डको जनस्वास्थ्य कार्यालयले भने नयाँ म्याद मिति टाँसिएका पीपीईहरू पनि राम्ररी परीक्षण गरी एनएचएसका कर्मचारीले प्रयोग गर्न हुने पाइएपछि दिइएको बताएको छ। तर डा. रोबर्ट्स यसमा पूर्ण विश्वस्त छैनन्।


    अहिले उनको निगरानीमा भेन्टिलेटरमा उनका तीन सहकर्मी छन् जो सबैलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।


    तीमध्ये एक सघन उपचार कक्षका चिकित्सक हुन् जो डा. रोबर्ट्स जस्ते पूर्ण सूरक्षाबिना कोभिड वार्डमा खटिएका थिए।


    अन्य दुई चाहिँ कोभिड वार्डमा नखटिएका कारण पीपीई नलगाउनेहरू थिए। तर ती दुवैले अस्पतालमा नै सङ्क्रमित भएको हुनसक्ने डा. रोबर्ट्स बताउँछिन्।

    स्वास्थ्यकर्मी

    अस्पतालमा बिरामीका नातेदारहरूलाई आउन दिइएको छैन।

    “अहिलेको अवस्थामा सबैभन्दा गाह्रो काम भनेको फोनमा परिवारलाई ‘तपाईँको बिरामी अब धेरै बाँच्दैनन् तर तपाईँलाई उहाँलाई भेट्न दिन सक्दैनौँ ‘ भन्नु हो,” डा. रोबर्ट्स भन्छिन्।


    “सामान्यतया बिरामी कुरुवाहरूलाई हामी सकेजति गर्छौँ भन्ने गर्थ्यौँ तर म अहिले त्यो भन्न सक्दिन किनभने अहिलेको अवस्थामा म सक्नेजति गर्न सक्दिन।”


    “म अहिले भेन्टिलेटरमा उनीहरूलाई सेवा दिन सक्दिन, म राम्रो नर्सिङ सेवा निश्चित गर्न सक्दिन, किनभने राम्रा नर्सहरू चारतिर तानिएका छन्। हामीसँग एन्टिबायोटिक्स् पनि कम छ र मलाई यो पनि थाहा छैन कि मैले जानेको सबै उपचार उनीहरूलाई सहयोगी हुन्छ।”

    अस्पतालतस्वीर कपीराइटGETTY IMAGES

    एनएचएस इङ्गल्यान्डले अहिलेसम्म कति स्वास्थ्यकर्मीहरू कोरोनाभाइरसको सङ्क्रमणका कारण अस्पताल भर्ना भएका छन् भन्ने तथ्याङ्क नभएको बतायो।


    स्पेनमा मार्च २७ मा ९,४०० जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको र इटलीमा मार्च ३० सम्म ६,४१४ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको तथ्याङ्क थियो।


    ब्रिटेनमा केही स्वास्थ्यकर्मीहरूको कोरोनाभाइरसको कारण मृत्यु भइसकेको छ।


    “अस्पतालका धेरैजसो कर्मचारीहरू हामी काममा नहुँदा अरू मानिसलाई सङ्क्रमणको जोखिम कम होस् भनेर आफैँलाई एकान्तमा राख्छौँ। तर हाम्रो लागि सबैभन्दा दु:खको कुरा भनेको मानिसहरू बाहिर निस्केको देख्दा हुन्छ।

    “कृपया तपाईँहरू घरै बस्नुहोस्।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑