बुवाआमाले गाली गरेको भन्दै पर्सामा एक बालकले गरे आत्महत्या
वीरगंज संजाल
१७ भाद्र २०७६, मंगलवार १७:१२
३४४७
वीरगञ्ज : बुवाआमाको गाली सहन नसक्दा पर्सामा एक नबालकले आत्महत्या गरेका छन् ।
वीरगन्ज महानगरपालिका २० अपौनीका १४ वर्षीय गोविन्द्र चौरसियाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बुवाआमाले गाली गरेका कारण गोविन्द्र आक्रोशमा आएर आफ्नै घरको बाँसको बलोमा पासो लगाई झुण्डिएर आत्महत्या गरेको पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले बताए ।
गोविन्द्र घरमा बाँसको बलोमा पासो लगाई झुण्डि रहेको अवस्थामा बुवा नविलाल चौरसियाले देखेपछि पासो फुकाई उपचारको लागि नारायणी अस्पतालमा लैजाँदा चिकित्सकले बाटोमै मृत्यु भइसकेको जनाएको थियो ।
मृतक बालकको शव पोष्टमार्टम पश्चात अभिभावकलाई जिल्लामा लगाइएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।