• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाभन्दा पहिले भोकले मर्ने अवस्था

  • वीरगंज संजाल
  • २३ चैत्र २०७६, आईतवार १८:३९
  • ४२०५

    जनकपुरधाम :
    रोग भन्दा पहिले भोकले मर्ने अवस्था
    सरकारद्वारा राहतको नाममा लाखौं निकासा
    मजदुर भने सुन बेचेर खाद्यान्न किन्न बाध्य

    कोरोनाभाइरसको त्रासका कारण यतिबेला पूरै विश्व आक्रान्त बनेको छ । नेपालमा समेत कोरोनाभाइरसको मार परेको छ । नेपालीहरुमा संक्रमण बढ्न नदिनकै लागि सरकारले लकडाउन गरेको हो । नागरिकको स्वास्थ्यका लागि लकडाउनको निर्णय सही साबित भइरहेपनि दैनिक ज्यालादारीमा काम गर्ने तथा विपन्न वर्गका व्यक्तिहरु लकडाउनकै कारण प्रत्यक्ष मारमा परेका छन् ।

    लकडाउनकै कारण जनकपुरधामका राजा सहनीलाई भोक भोकै दिन बिताउन परिरहेको थियो । ठेला गुडाएर आफ्नो जिविका चलाउँदै आएका सहनी लकडाउनका कारण ठेला गुडाउन नपाएपछि घरमा अहिले उनको ५ जनाको परिवार एक छाक मात्र खाना खान्छन् । त्यसमाथी छोरो बिरामी परेपछि उनलाई झन समस्या भयो । भोक र रोगले कहीँ लकडाउन मान्छ र ? अन्ततः सहनीले आफ्नो घरमै रहेको ३ पाई सुन बेचेर एक हजार रुपैयाँ जोहो गरे । केही पैसाले बिरामी परेको छोराका लागि औषधि किने र बाँकी रहेको पैसाले खाद्यान्न सामग्री ।

    यता सहनी लकडाउनका कारण भोक भोकै दिन बिताई रहँदा आफूलाई समाजसेवी भनाउन रुचाउनेहरु राहत तथा खाद्यान्न सामग्री वितरण गरेको झुठो आडम्बर देखाउन पछि परिरहेका छैनन् । उनीहरु दिनहुुँ सामाजिक सञ्जालमा राहत सामग्री वितरण गरेको तस्वीर पोष्ट गर्न पछी पर्दैनन् । सहनी त एक उदाहरण पात्र मात्रै हुन् । सहनी जस्तै यस्ता हजारौँ छन् जो भोक भोकै दिन जसो तसो काटिरहेका छन् ।

    फेरी सरकारले लकडाउनका कारण सम्पूर्ण स्थानीय तह मार्फत दैनिक ज्यालादारीमा काम गर्ने तथा विपन्न वर्गलाई भोजनको उपलब्धताको सहज व्यवस्था गर्ने झुठो आश्वासन बाँड्यो । जनकपुरधाम उपमहानगरपालिका संग विपत्त व्यवस्थापनका लागि लाखौँ रुपैयाँ छ । तर नगर प्रमुख नै लकडाउनका कारण पीडामा परेकाहरुलाई राहतका लागि रकम खर्च गर्न नमाने पछि नगर भित्रै अनेकौँ त्यस्ता मजदुरहरु छन् जो भोकै दिन बिताइरहेका छन् ।

    कसैले राहत उपलब्ध गराउन आएनन् भन्ने प्रश्नमा सहनीले भने ‘सुन्दै छु राहत विभिन्न ठाउँमा बाँडिएको छ, खै हामीलाई थाहा छैन ।’ उनले अगाडी भने,‘खानेकुराको जोहो गर्न नसकेरै मैले सुन बेचेको हुँ ।’

    राजा सहनीसँगै दजर्नौ मजदूरहरु अहिले लकडाउनका कारण दैनिक ज्यालादारी छुटेकोले आफुहरुलाई छाक टार्न समस्या भइरहेको बताएका छन् ।

    यस्तै, लकडाउनको कारण आफूहरुको कमाउने बाटो बन्द भएको र कहीँबाट खाद्यान्न राहत समेत नपाएको माछा मार्ने काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने रामप्रसाद सहनीले दुःखेसो पोखे । उनले घरमा राशन नरहेकोले बाँच्नै मुश्किल हुन थालेको बताएका छन् ।

    घरमा भएको चामल सकिएको र बाहिरबाट किनेर ल्याउने पैसा नभएकोले दुई दिनदेखि भोकै बस्नु परेको मजुदुर सुबोध मण्डलले बताए । घरमा ५ जनाको परिवार भएकोले दैनिक मजदुरी छुटेपछि अहिले रोगले भन्दा पनि भोकले आफुहरु मर्ने अवस्था आएको उनले सुनाए ।

    घरबाट बाहिर ननिस्कन भनेको र खाना, पानी केही नपाएर भोकभोकै मर्नु पर्ने अवस्था आएको अर्की मजदुर कमला श्रेष्ठले बताइन् । सरकारले घरभित्रै बस भनेको आफुहरुले पालना गर्दा अहिले आफुहरु भोकै बस्नुुपर्ने अवस्था आएको र छोराछोरीलाई चामलको माड खुवाएर ज्यान बचाएको श्रेष्ठले बताइन् ।

    अहिलेको अबस्थामा यिनीहरु जस्तै सयौँ ज्यालादारी मजदुरहरु लकडाउनका कारण समस्यामा परेका छन् । जनकपुरधाममा मात्रै यस्ता दजनौं गरिव मजदुरहरु छन् जसलाई यस लकडाउनले एक छाकको भोजन नै बन्द गराइदिएको अबस्था छ ।

    सरकारले प्रचारमुखी मात्र राहत वितरण गरेको जनकपुरधाम–४ का रामबाबु राउतले आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिकामा लकडाउनको १३ दिन बितिसक्दा समेत अहिलेसम्म यस्ता दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका लागि न त राहतको व्यवस्था गरिएको छ न त उनीहरुको कुनै खोजखबर नै ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान
  • बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    News

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑