• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घरेलु श्रमिक बालिकामाथि चरम यातना : कुटपिटबाट कुमको हड्डी चर्कियो, शरीरभरि चोट

  • वीरगंज संजाल
  • २३ चैत्र २०७६, आईतवार १८:३०
  • ३४६९

    विराटनगर | विराटनगरको एउटा व्यापारिको परिवारमा घरेलु श्रमिक बनाएर राखिएकी बालिकामाथि लामो समयदेखि चरम यातना दिने गरिएको घटना सार्वजनिक भएको छ। विराटनगर महानगरपालिका–६ सरोचियाका व्यापारी मोहम्मद नसिम अंसारी र उनकी पत्नी हलिमा खातुनले भारतको अररिया सिसौना घर भएकी १३ वर्षीया बालिका रेहाना प्रविनलाई कुटपिट गरेका हुन्।

    सिलाई कटाई मेसिनका व्यापारी रहेका अंसारीको विराटनगरस्थित शनिमन्दिर चौकमा पसल छ। स्थानीय बासिन्दाका अनुसार उनले दुई वर्षदेखि बालिकालाई घरमा काम लगाएर घरभित्रै बन्धक बनाइ राखेका थिए।

    विराटनगरलाई नेपालकै पहिलो बालमैत्री घोषणा गरिसकिएको छ। कानुनत बालबालिकालाई घरेलु श्रमिक बनाउन पाइँदैन। तर उच्च व्यापारिक घरनामै बालश्रमिक प्रयोग गरेर यातना दिने गरिएको घटना बाहिर आएपछि बालमैत्री महानगरका सवालमा प्रश्न खडा भएको छ।

    अंसारीका छिमेकी मोहम्मद आलमका अनुसार निर्घात कुटपिट गर्दै दिइएको यातना सहन नसकेर बालिका शनिबार साँझ भागेर घरबाट बाहिर निस्किएकी थिइन्। ‘बिहान उज्यालो भएदेखि पति–पत्नी मिलेर कुटपिट गर्न थालेको हामीले प्रत्यक्ष देखेका हौँ’, उनले भने, ‘कुट्ने क्रम करिब एक घण्टासम्म जारी थियो।’ आलमकाअनुसार बाँधेर मानसिक तथा शारीरिक यातना दिँदै मुक्का, लाट्ठी, चप्पल समेतले एकोहोरो कुटपिट गरिरहँदा बालिका चिच्याउँदै रोइरहेकी थिइन्।

    उनले अंसारीको परिवारमा भारतबाट ल्याएकी बालिकालाई बालश्रमिक बनाइ घरबाहिरसमेत निस्कन नदिइ बन्धक बनाएर राखेको बताए। बालिकामाथि दैनिक जसो बालिकामाथि कुटपिट गर्ने र यातना दिने काम हुने गरेको पनि उनले बताए। आलमका अनुसार उक्त घरमा यसअघि पनि बालश्रमिक राखेर यातना दिने गरिएको थियो। ‘सधैं कुटपिट गरेको र यातना दिएको मात्रै सुनिथ्यो र देखिन्थ्यो,’ आलमले भने, ‘त्यो सहन नसकेर बालिका चिच्याउँदै रुने गर्दा पनि हामीमा भने मुकदर्शक बन्नुको विकल्प थिएन।’ त्यसो नगर्दा आग्रह गर्दा अंसारी आफ्नो घरभित्रको कुरा भन्दै छिमेकीमाथि नै जाइलाग्ने गरेको स्थानीयको भनाइ छ।

    कुटाइ सहन नसकेर बालिकाले शनिबार साँझ शौचालय जाने बाहना बनाएर पर्खालबाट हामफाल्दै भागेर ज्यान बचाएको स्थानीय बासिन्दासमेत रहेका मुस्लिम युथ कमिटीका विराटनगर अध्यक्ष हायात आजमले बताए। उनकाअनुसार भागेर छिमेकीको शरणमा आइपुग्ना साथ बालिका बेहोस बनेर ढलेकी थिइन्। पिटाइबाट बालिकाको अनुहार र शरीरका विभिन्न भागमा निलडाम र चोट लागेको छ।

    स्थानीय बासिन्दाले उद्दार गरेर उनलाई उपचारका लागि आइतबार कोशी अस्पताल पुर्‍याएका छन्। एक्स–रे गर्ने क्रममा उनको देब्रे कुमको हड्डी चर्किएको पाइएको उपचारमा संलग्न चिकित्सक सगुप्ता आराले बताइन्। उनकाअनुसार शरीरका विभिन्न भागको ६ वटा एक्स–रे गरेर हेरिएको थियो। ‘कुटपिटका कारण धेरै चोटपटक लागेको पाइयो,’ उनले भनिन्, ‘कुमको हड्डी नै चर्किएको छ।’

    आजमकाअनुसार कुटाइको पीडा र दुखाइका कारण बालिका राम्रोसँग हिँडडुल गर्न सक्दिनन्। देब्रे खुट्टा राम्ररी चल्दैन। बालिकालाई सधैंजसो घरमा झाडु लगाउने, जुठा भाँडा माझ्ने, नाली सफा गर्ने, फोहोर उठाउने, घरमा भएका बालबालिकालाई स्कुल लाने र ल्याउने काम गर्न लगाउने गरिएको आजमले बताए।

    बालिकाले पनि आफूलाई घरमा ल्याएदेखि नै यातना दिने र कुटपिट गर्ने गरिएको बताइन्। व्यापारी अंसारी र उनकी श्रीमतीको हात र खुट्टा पनि सधैं मालिस गरिदिनु पर्ने उनले सुनाइन्। सधैं काम ढिलो गरेको र राम्रो नगरेको भन्ने बहानामा आफूमाथि कुटपिट हुने गरेको उनको गुनासो छ। ‘हिजो (शनिबार) टाउको दुखेर म बिरामी परेको थिएँ। त्यही भएर भाँडा माझ्ने र घर सफा गर्ने काममा थोरै ढिलो भयो,’ उनले भनिन्, ‘काम ढिलो गरेको भन्दै बाँधेर दिनभर नै कुटे। सहन नसकेपछि पिसाब गर्न जाने भनेर पर्खालबाट भागें। नभागेको भए मारिसक्थें होला।’

    आँखाभरि आँसु पारेर उनले आफूलाई प्राय मरणासन्न हुने गरी कुटपिट गर्ने र अनेक खाले मानसिक यातना दिने गरिएको गुनासो गरिन्। आफ्नी आमाको मृत्यु भएपछि बाबुले अर्की आमा ल्याएको र आफूमाथि नराम्रो व्यवहार हुन थालेपछि घर छाडेर हिँडेको सुनाइन्। त्यसै क्रममा अंसारीले आफ्नो घरमा ल्याएको उनको भनाइ छ।

    ‘स्थानीय बासिन्दा मिलेर अवस्था सामान्य नै होला भनेर उपचारका लागि अस्पताल लगियो’, आजमले भने, ‘तर उपचारमा संलग्न चिकित्सकले कुटपिटबाट बालिकालाई निक्कै समस्या भएको सुनाए।’

    उनले भारतीय बच्चा भए पनि माया लागेर आफूहरूले उपचारका लागि लिएर गएको सुनाए। स्थानीय बासिन्दाले बालिकालाई घरेलु श्रमिक बनाउँदै कुटपिट गर्ने अंसारीविरुद्ध प्रहरीमा आइतबार उजुरी दिएका छन्।

    अंसारीले भने काममा लगाए पनि कुटपिट गरेको र यातना दिएको कुरा गलत भएको दाबी गरे। ‘रिसिईबी साँध्न केही व्यक्तिले सानो विषयलाई ठूलो बनाउँदै सार्वजनिक गरेर तिललाई पहाड बनाउन खोजे’, उनले भने,‘ साँझ घरबाट भागेकी बालिकालाई हामीले पनि खोजी गर्दा भेटेनौं।’

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बालिकामाथि कुटपिट गरिएको र यातना दिइएको घटनामा गम्भीररूपमा अनुसन्धान थालिएको जानकारी दिए। उनले यस विषयमा कानुनअनुसार अघि बढ्ने बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान
  • बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    News

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑