वीरगन्ज | पछील्ला केही दीन यता मुस्लीम समुदायका पर्सा जील्लाका १४ जना भारतका राजधानी नयाँदिल्ली निजामुद्दिनमा सहभागी भएका थीए । त्यस पछी निजामुद्दिन भेलाका सहभागी पर्साका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखीएको र संक्रमणमीतको इलाज भारतमै भैरहेको बीभीन्न मीडीयामा समाचार प्रकाशीत गरीएको थीयो ।
दुई साता अघि दिल्लीको निजामुद्दिनको बेंगलवाली मस्जिदमा रहेको मरकज –केन्द) मा मुस्लिम धर्मावलम्बीहरुमध्येको तबलिगी समुदायको अन्तर्रा्ष्ट्रिय भेला (जमात) आयोजना गरिएको थियो । ५ मार्चदेखि १३ मार्चसम्म चलेको सो भेलामा भारतीय र विदेशगरी चार हजारभन्दा बढीको सहभागीता रहेको बताइएको छ ।
उनीहरुमध्ये पन्ध्रसय भन्दा बढी २४ मार्चअघि नै हिँडिसके पनि देशव्यापी लकडाउनका कारण हजारभन्दा बढी त्यही रोकिएका थिए । तर, भेलामा सहभागी भएकाहरुमध्ये दिल्लीका २४ जनामा कोरोना देखिएपछि स्थानीय प्रशासनले त्यहाँ रहेका सबैलाई बाहिर निकालेको थियो । जसमध्ये अठार सय जनालाई क्वरन्टाइनमा पठाइएको थियो । साथै भारत सरकारले भेलाका स्वदेशी र विदेशी सबै साहभागीको खोजी शुरु गरेको थियो ।
नेपाली दूतावासले भने भेलामा २० जना नेपाली सहभागी रहेको जनाएको थीयो । त्यसबाहेक निजामुद्दिनकै मदरसामा अध्ययनरत १३ जना विद्यार्थी भेलामा सहभागी रहेको बताइएको छ । हाल उनीहरु सबैलाई हरियाणाको नरेलामा क्वारान्टाइनमा राखिएको छ । र, उनीहरुमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन ।
विगत केही दिनयता पुष्टि भएका कोरोना केसहरुमध्ये अधिकांशको तार निजामुद्दिन भेला जोडिएकाले नरेन्द्र मोदी सरकार र ओली सरकारकलाई महामारी नियन्त्रणमा ठूलो टाउको दुखाई बनेको छ । त्यसै सहभागी भएका चैदजानाकाे नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको डा सिंहले बताए ।
यसरी परीक्षणको रिपोर्टमा ढिलो हुदा र सबै लाई एकै ठाउमा राख्दा संक्रमणको उच जोखिम रहेको डा सिंहले बताए ।