एजेन्सी | कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि भारतमा १४ अप्रिलसम्म लकडाउन गरिएको थियो । तर पछिल्लो समय लकडाउन थप हुन्छ वा हुँदैन् भन्ने प्रश्न उठेको छ ।
द सन्डे एक्सप्रेसमा अनुसार केन्द्रिय मन्त्रीको समुहले लकडाउन हटाउनुको विकल्प खोजिरहेका छन् । उक्त समाचारको अनुसार सो समुहको अध्यक्षता रक्षामन्त्री राजनाथ सिंहले गरिरहेका छन् ।
केन्द्रिय मन्त्रीहरूको समुहले देशमा धेरै समयसम्म लकडाउन गराउन नमिल्ने बताएका छन् । भारतको २ सय भन्दा धेरै जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।
समाचारका अनुसार १४ अप्रिलपछि रेल वे सेवा खोल्ने वा वन्दगर्ने भन्नेमा भने सहमति भसकेको छैन । अखबारका अनुसार अप्रिल १५ देखि रेल सेवा पुनः सुरु गर्ने सम्बन्धमा निर्णय भएको छैन तर यो बन्दाबन्दी सम्बन्धी निर्णय लिन तयार भएका मन्त्रीहरूको समूहको सल्लाह पछि निर्णय हुने विश्वास गरिएको छ ।
त्यसैगरी कोरोनाभाइरसले बृद्धहरूलाई असर गर्ने भनेर भनिएको थियो तर भारतमा युवाहरू जाखिममा रहेका छन् ।
टाइम्स अफ इंडिया अखबारले यस बारे एक रिपोर्ट प्रकाशित गरेको छ। जस अनुसार भारतमा सब भन्दा बढी अर्थात् ४१ प्रतिशत बिरामीहरू २१ देखि ४० वर्ष बीचको छन्। भाारतमा ८३ प्रतिशत बिरामीहरू ६० वर्ष भन्दा कम उमेर समूहका रहेका छन् ।
दिल्लीको गंगाराम अस्पतालको १ सय ८ स्वास्थ्यकर्मीहरू क्वारेनटाइनमा छन् । ती सबै स्वास्थ्य कर्मीहरू संक्रमितको सम्पर्कमा आएको बताइएको छ ।
दिल्ली सरकारको स्वास्थ्य विभागका अनुसार सरकारसंग ७ देखि ८ हजार मात्रै पीपीई किट्स छ । जुन अबको तीन दिनसम्म को लागि मात्र पर्यप्त छ । दिल्ली सरकारले केन्द्र सरकारसँग ५० हजार पीपीई किट्सको माग गरेको छ ।
भारतको स्वास्थ्य एवम परिवार कल्याण मन्त्रालयको पछिल्लो विवरण अनुसार ३ हजार ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ७५ जनाको मृत्यु भएको छ ।