• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मिस्त्रीखोलाका मजदुरको बिचल्ली, कार्यालयमा गरे नाराबाजी

  • वीरगंज संजाल
  • २३ चैत्र २०७६, आईतवार ११:४४
  • २६३५

    बेनी  | लकडाउनको अप्ठ्यारो परिस्थितिमा ठेकेदारले ज्याला, घर जान, उपचार र खानपानको व्यवस्थापन गर्न नसकेपछि  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित मिस्त्रीखोला जलविद्युत आयोजनाका सयौं मजदुरको बिचल्ली भएको छ ।

    रोवष्ट इनर्जी प्राली प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोलाको सिभिल ठेकेदार हाई हिमाल कन्ट्रक्सनका मजदुरले आन्दोलन सुरु गरेका छन् । कैलाली र इलामका दुई सयभन्दा बढी मजदुरले शनिबार दिनभर आयोजनाको नारच्याङ बेशीगाउँस्थित कार्यालयमा घेराउ र नाराबाजी गरेका थिए ।

    ७५ दिनको ज्याला नदिएको ठेकेदारकै वेवास्ताका कारण लकडाउनको समयमा घर जान नपाएको, बिरामी भएका मजदुरले उपचार र आफन्तको मृत्यु भएको बेलामा किरीया गर्न समेत जान नदिएको मजदुरहरुले बताए । केही मजदुर आफ्नै तरिकाले घर गएपनि क्याम्पमा बसेकाहरुलाई खान बस्नका लागि ठेकेदारले वेवास्ता गरेको गुनासो गरेका छन् ।

    प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरनजंग कुवर, गाउपालिकाका अध्यक्ष डमबहादुर पुन लगायत जनप्रतिनिधि र स्थानीय अगुवाले ठेकेदार कम्पनीका आयोजना व्यवस्थापक तिलक रानालाई मजदुरको समस्या सम्बोधन गराउने प्रतिवद्धता जनाउन लगाएपछि शनिबार साँझ वातावरण साम्य भएको थियो ।

    ‘गृह मन्त्रालयले तोकेको दुई दिनभित्र ठेकेदारले ब्यवस्थापन गर्न नसक्दा घर जान नपाएका मजदुरको आधारभूत र मानवीय संवेदनसंग जोडिएको विषयमा ठेकेदार संवेदनशिल नभएका कारण असहज वातावरण बनेको देखियो,’ सिडिओ ज्ञाननाथ ढकालले भने, ‘मजदुरको समस्याप्रति संवेदनशिल बनेर सरकारको पछिल्लो निर्णय अनुसार सुरक्षाको उपाय अपनाएर काम गर्न आग्रह गरेका छौं ।’

    रोवष्ट इनर्जीका प्रतिनिधि चुडामणी निरौलाले ठेकेदार हाइ हिमालको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण आयोजनाले बदनामी ब्यहोर्नुपरेको गुनासो गरेका छन् । बैंक बन्द भएकाले ज्याला दिन ढिलाई भएको र छोटो अवधिमा धेरै मजदुरलाई घर पठाउन नसकिएको आयोजना ब्यवस्थापक रानाले बताए ।

    पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले विद्युतगृहमा उपकरण जडान गरेर बाँध र टनेल परिक्षण गरिरहेको छ । बैशाख महिनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्य थियो । सन. २०१६ को जुन १३ मा सुरु भएको आयोजनाले गत बैशाखमा दुई हजार २७० मिटर सुरुङ खनेको छ ।

    नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह, निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण गरेको छ । पहाडभित्र  ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा बालुवा थिग्राउने भूमिगत पोखरी बनाएको छ । आउटलेट देखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाईको पेन स्टक पाईप जडान गरेको छ ।

    मिस्त्रीखोलामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट, जलविद्युत विकास, नेपाल बैंक, नविल बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक र एस डेभलभमेन्ट बैंकले ऋण लगानी गरेका छन् । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमती) दिएको थियो ।

    नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो । मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑