• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना परिक्षण :प्रदेश २ मा ७९ जना मध्ये ३८ को निगेटिभ, ४१ को रिजल्ट आउन बाँकी

  • वीरगंज संजाल
  • २२ चैत्र २०७६, शनिबार २३:३३
  • ५१०१

    जनकपुरधाम | प्रदेश २ को जिल्लाहरुमा रहेका विभिन्न आइसोलेशन वार्डका कोरोना संक्रमित बिरामी मध्ये अहिलेसम्म ७९ जनाको थ्रोट स्वाब परिक्षण गरिएको छ ।

    त्यसमध्ये ३८ जनाको रिजल्ट निगेटिभ आएको र ४१जनाको रिजल्ट आउन बाँकी रहेको छ । भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रम जारी रहेको छ । यो संख्या प्रदेश २ मा पनि बढ्दै गएको देखिएको छ ।

    प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा समाचार तयार पार्दासम्म ७ सय ७१ जना शंकास्पद व्यक्तिलाई प्रदेशका विभिन्न जिल्लामा रहेका १ सय २७ वटा क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

    भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका ७ सय ७१ जना शंकास्पदलाई प्रदेश २ को विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा ५ सय ३१ बेड संख्याको १६ वटा क्वारेन्टाइन बनाइएको छ । जहाँ १ सय ८२ जनालाई क्वारेन्टाइनमा र ४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ९ बेड क्षमताको आईसोलेशन वार्डमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।

    त्यस्तै बारामा ३ सय ७९ बेड क्षमताको ११ वटा क्वारेन्टाइनमा अहिलेसम्म ४० जनालाई राखिएको छ । बारा जिल्लास्थित कलैया अस्पतालमा निर्माण गरिएको २० वटा आईसोलेशन बेडमा अहिले ५ जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको झाले जानकारी दिए । बारामा अहिले १६ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

    पर्सामा १ सय ७१ बेड क्षमताको ७ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ २१ जना क्वारेन्टाइनमा र ४ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा बनाइएको ८ बेडको आईसोलेशन वार्डमा अहिले ४ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

    सप्तरीमा ४ सय ९५ बेड क्षमताको २९ वटा क्वारेन्टाइनमा अहिले २ सय २३ जनालाई निगरानीमा राखिएको छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको ९ वटा आईसोलेशन वार्डमा अहिले कुनै शंकास्पद बिरामी नरहेको उनले बताए ।

    सिरहामा १ सय ३८ बेड क्षमताको १९ वटा क्वारेन्टाइनमा अहिले १ सय ४१ जना र होम क्वारेन्टाइनमा ७२ जना रहेका छन् । त्यस जिल्लामा १३ बेडको आईसोलेशन रहेकोमा त्यहाँ अहिलेसम्म कुनै पनि शंकास्पद बिरामीलाई राखिएको छैन् । धनुषामा ३ सय २६ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले ७४ जनालाई राखिएको झाले जानकारी दिए । यस जिल्लामा अहिले २० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । धनुषामा १२ वटा आइशोलेसन रहेकोमा ५ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखिएको छ ।

    त्यस्तै महोत्तरीमा २ सय २५ बेड क्षमताको १२ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म ४ सय ४९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ३७ जनालाई राखिएको छ । महोत्तरीमा ८ वटा आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनै पनि शंकास्पद बिरामी नआएको उनले बताए ।

    सर्लाही जिल्लामा २ सय ४६ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ५३ जना रहेका छन् भने ३२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । दुईवटा आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि शंकास्पद बिरामी आएका छैनन् ।

    त्यस्तै प्रादेशिक अस्पताल जनकपुरमा रहेका ४ जना बिरामीको थ्रोट स्वाब परिक्षण गरिएको र उनीहरूको रिपोर्ट आज साँझसम्म आउने झाले बताए । यता सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेशनमा रहेका ९ जनाको थ्रोट स्वाब परिक्षणका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा सबैको रिजल्ट निगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

    प्रदेश २ मा अहिले ७ सय ७१ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने ९ सय २५ जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेशभित्र २ हजार ५ सय १ बेडको १ सय २७ वटा क्वारेन्टाइन र ८१ वटा आईसोलेशन वार्डहरु निर्माण गरिएको छ । प्रदेशमा अहिले १४ जना आइसोलेशनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑