
समाजवादी विद्यार्थी युनियान, राष्ट्रिय विद्यार्थी संघ र नेपाल विद्यार्थी संघ संग आबद्ध विद्यार्थीहरुले क्याम्पसमा अध्यन, अध्यापनमा अनियमितता, लाईब्रेरीको समस्या, भौतिक पूर्वाधार विकासमा भ्रष्टाचार र परिक्षा केन्द्र अन्तै सारिएकोलगयात विषयलाई लिएर मङ्गलबार बिहान देखि क्याम्पस अगाडी विरोध प्रदर्शन गरेका थिए । क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरु संगको वार्ता असफल भएपछी आक्रोशित विद्यार्थीहरुले क्याम्पसमामा तोडफोड गर्नका साथै आगजनी गरेका हुन् ।
क्याम्पस प्रशासनले विद्यार्थीहरुको भविष्य संग खेलवाड गरेको आरोप लगाउदै विद्यार्थी संगठनहरुले तोडफोड र आगजनी गरेको समाजवादी विद्यार्थी युनियनका ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफले बताए । ‘क्याम्पस प्रशासनले हजारौं विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्दै छ, क्याम्पसमा पढाईको स्तर घटेर सुन्यमा झरेको छ,’ सर्राफले भने, ‘तर पनि क्याम्पस प्रशासनलाई मतलब छैन ।’