सिरहा | भारतमा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी भएर घर फर्किएका ८ जनालाई सिरहा प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ । मंगलवार मध्यराती घर फर्किएका उनीहरु स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए । इलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख जनक पुरीको नेतृत्वमा पुगेको नेपाल तथा सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोलीले उनीहरुलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।