• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    यस्ता भेटिए करुणका पात्र

  • वीरगंज संजाल
  • Apr 3, 2020, 9:00 pm
  • ३८११

    हेर भिखारी अडि अडि आयो

    करुण दृष्टिले नजर उठायो।

    गाढा दुःखको मौन प्रकाश।

    झिना आशा-तार बजायो

    घाम उज्यालो आँगन पास।

    एक बिन्दुमा गोल खसायो

    जीवनको इतिहास।

    महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘भिखारी’ कवितामा यस्तै हरफ लेखेका छन्। झुत्रे लुगाले शरीर ढाकेका एक मगन्ते आकाशतिर नजर डुलाउँदै थिए। मध्याह्नको १२ बज्दै थियो। वरको फेदमुनि एक मगन्ते पल्टिरहेका थिए। महोत्तरीको बर्दिबास चोक लकडाउनले चकमन्न थियो। सडकमा केही गाडी गन्तव्यतिर हुइँकिँदै थिए आफ्नै गतिमा। प्रहरी लकडाउन कडा बनाउन व्यस्त देखिन्थे।

    भोला वसन्त चोकभन्दा पश्चिम राजमार्गको उत्तरपट्टि बरको बोट छ। भंगेराहरू गुँडमा चिरबिर गरिरहेका थिए। बरको बोटमुनि भोको पेट लिएर एक भिखारी आकाशतिर हेरिरहेका थिए। आकाश खुलेको थियो। नीलो-सेतो रङले रंगिएको गगनमा उनको नजर एकोहोरो थियो। कयौं दिनको भोको पेटले भने अनुहारको चमक हराएको देखिन्थ्यो।

    मैले झोलाबाट क्यामेरा झिकेर उनीतर्फ फोक्स गरें। आँखाले आकाशतिर हेरेर भोको पेट भर्ने सपना उनी देख्दै थिए। ‘खाना खानुभयो ? ’ मैले सोधें। उनले मतिर हेरे। टाउको हल्लाउँदै जवाफ दिए, ‘छैन’। मान्छे आएको देखेर उनले सोचे, ‘अब खान देला’। तर मसँग साथमा खानेकुरा केही थिएन। वरिपरि हेरें कुनै पसल खुलेको थिएन।

    लकडाउनले भिख मागेर खानेहरूको गाँस खोसेको छ। बर्दिबास बजार बन्द छ। मागेर खाने दैलो सुनसान छ, होटलको भान्छामा भात पाकेको छैन।

    मान्छेले खाएर फालेका जुठो उनीहरू बटुलेर खान्थे। कोहीसँग मागेर छाक टार्थे। सडेगलेका फलफूलले भोको पटेको विद्रोहलाई शान्त पार्थे। तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले बजारै बन्द भएपछि भिखारीहरू भोकै छन्। बजार बन्दले पिउने पानी पनि पाउँदैनन्। सबका सब लकडाउनमा छन्, भोको पेट लिएर मग्नेहरू सडक किनारमा छट्पटाइरहेका छन्।

    वरको बोटभन्दा केही पर पुगें। एकजना मगेर खाने महिला भेटिइन्। उनी पनि सडकतिर नजर लगाउँदै थिइन्। सटरको बरन्डामा बसेर उनी टोलाइरहेकी थिइन्। फोटो खिच्न खोज्दा उनी रिसाइन्। उनको साथमा एउटा पानीको बोतल थियो, पिँधमा अलिकति पानी थियो।

    ६० वर्ष उमेरकी उनी ७-८ वर्षदेखि बर्दिबासमा मागेर खान्छिन्। लकडाउनले ती महिलाको पनि जीवन संकटमा छ। भोकै छिन् उनी पनि।

    ती महिलाको पश्चिमपट्टि भुइँमै सुतेका थिए, वृद्ध उमेरका भिखारी।

    झुत्रो लुगा लगाएका माथिका भिखारीभन्दा फरक थिए उनी। उनी सिसौको रूखको छहारीमा मस्तले सुतेका थिए। कपाल-दाह्री सेताम्य देखिन्थ्यो। उमेरले त्यसै ६०-६५ हुँदो होला। उनी पनि लकडाउनले भोकैप्यासै बाँचिरहेका छन्। ती वृद्धको अनुहारले भनिरहेको थियो, ‘हे प्रभु, हामी दिनदुःखीमाथि हजुरको दया लागोस्।’annapurna post

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑