काठमाडौं । नेपालमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ७ पुगेको छ । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले जानकारी दिए । नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । एकजना भने निको भइसकेका छन् ।