विराटनगर | भारतसँग सीमा जोडिएको जोगबनी नाकामा अलपत्र परेका १३ जनाको प्रहरीले उद्धार गरेको छ । उनीहरूको स्वास्थ्य परीक्षण गरेर घर पठाएको प्रहरीले जनाएको छ ।
सीमामा उद्दार गरिएकाको स्वास्थ्य परीक्षण गरिँदै ।
भारतका विभिन्न सहरबाट आएका उनीहरू सीमामा अलपत्र परेका थिए। प्रहरीले उद्दार गरिएका व्यक्तिरूबारे थप जानकारी दिएको छैन।
त्यस्तै, प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा विदेशबाट आएकाको तथ्यांक संकलनको काम भइरहेको छ। हालसम्म संकलित तथ्यांकअनुसार भारतबाहेकका अरु देशबाट आएकाको संख्या २ सय ६४ रहेको छ। महानगरले हरेक वडामार्फत तथ्यांक संकलन गरिरहेको हो।
महानगरपालिका प्रमुख भीम पराजुलीले विदेशबाट फर्केकाहरूलाई अन्यत्र नगई घरमै बस्न भनिएको बताए। केहीलाई भने महानगरले स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ।