लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुंगे पुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । कात्तिक महिनामा मजदुरीको लागि मदकोट गएका ठगुन्नाको झोलुंगे पुलबाट खसेर मृत्यु भएको प्रमानन्द ठगुन्नाले बताए ।
गाउँमा काम नपाएर भारतमा मजदुरी गर्न गएका ठगुन्नाको मृत्यु भएपछि गाउँका काम्दारहरु निकै चिन्तित भएका छन् । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने जानकारी प्राप्त नभएको डिएसपी दिपेन्द्रबहादुर शाहीले बताए ।
नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै शव नेपाल ल्याउनका लागि दार्चुलाको झोलुङ्गे पुल खोल्ने पहल गरिदिन मृतकका आफन्त प्रमानन्द ठगुन्नाले सबैमा आग्रह गरेका छन् ।