• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    ‘सरकारको राहत हामी मरेपछि आउने पो हो कि ?

  • वीरगंज संजाल
  • Mar 31, 2020, 11:26 am
  • ३११३

    बर्दिबास |‘के खाने घरभित्र बसेर ? भोकै बसिरहेको छु’, रामजी मुसहर दैलोमा बसेर दु:ख पोख्दै थिए,
    ‘धनिक(साँहु)सँग माग्दा दिंदैनन् । दैलो टेक्न दिंदैनन्, भाग-भाग भन्छन् । के खाने ? के गरि बाच्ने?’

    के भन्छन्, धनीहरू ?
    ‘बाहिर बस, बाहिर ! भाइरस लागेको छ भन्छन्। माग्दा पनि दिंदैनौं भन्छन् ।’
    कोरोनाको महामारीलेभन्दा भोकमरीले पहिला मरिने चिन्ता छ। ६५ वर्षीय रामजीलाई हातमुख जोड्ने चिन्ताले पिरोलिरहन्छ ।

    अनि कसरी चलिरहेको दैनिकी?
    उनले भने,‘दुःख सुख ! नुनपानी खाएर ।’

    कति दिन भयो यसरी बाँचेको ?
    उनी भन्छन्, ‘चार दिन भयो, हजुर ! बन्दीले हामी गरिवको टाट पल्टियो हजुर , टाट ! ’
    महोत्तरीको बर्दिबास नगरपालिका–१४ का राजमजीलाई बुढेसकालले गाँजेको छ । उनी हिँड्न.सक्दैनन् । कम्मर र घुँडा दुःख्छ । उपचार गर्ने खल्तीमा रुपैयाँ छैन । त्यसमाथि कोरोना भाइरसको त्रास छ ।  सरकारको लकडाउनले रोगको भन्दा छाक टार्ने  चिन्ता थपिदिएको छ ।

    उनलाई छोरो रञ्जितले कमाएर खुवाउँछन् । रञ्जित दैनिक ज्यालमा ट्रयाक्टर चाउँछन्। लकडाउनले ६ दिनदेखि देशै ठप्प छ । उनी पनि काममा जान सकेका छैनन् । कमाइ हुन सकेको छैन ।

    ‘खोइ सरकार कहिले आउने हो ? खानेकुरा कहिले दिने हो ?’, प्रश्न गर्दै रामजी भन्छन्, ‘ मरेपछि आउने हो कि ? थाहा छैन ।’एकीकृत नमूना मुसहर बस्ती सुन्दर छ । इटा रंगले पक्की घरको भित्ता रंगिएको छ, आकाशी रंगले छाएको जस्तापाता टलिकएका छन् । तर, कोरोना भाइरहेको त्रासले मुसहर बस्ती त्रसित छ । छाँक टार्न घरभित्र भएको चामल –दाल, नुनभुटन सकिइसकेको छ । लकडाउनले गाउँले काममा जान पाएका छैनन् । बजार बन्द छ । ज्यालामजदुरी गनै सबै ठाउँ बन्द भएको छ ।

    ‘चुलो बल्न बन्द हुँदैछ । बच्चाको पेट भोकले छट्पाटाइरहेका छन्, निश्चल आँखाले दानापानी पाउने आश मारेका छैनन् ‘, बस्तीकै विसुनदेव मुसरहर बताउँछन्, ‘म सरकारलाई विन्ती गर्छु, हामीलाई भोकभोकै नराख्नुस् ।’

    बस्तीका ३५ वर्षीय नथुनियाँ मुसहर पनि छाँक कसरी टार्ने ? भन्ने चिन्तामा छन् । उनी टायल फयाक्ट्र्रीमा काम गरेर जीविका चलाउँछन् । अहिले फयाक्ट्री लकडाउनले बन्द छ ।

    ‘बाहिर निस्कियो भने पुलिसले लखेट्छ । किन यस्तो बन्दीमा हिँडेको ? भन्छ’, उनी भन्छन्, ‘बन्दीले धेरै समस्या भयो, भएको सबै रासनपानी सकिइसक्यो । आम्दानी छैन , भोको पेट मान्दैन । जता हेर्यो–उतै बन्द छ । कसरी बाँच्ने ?’ कोरोना भाइरसले हाम्रो दैनिकी बन्द गराइदिएको बताउँदै उनले थपिन्, ‘हामी गरिवका लागि सरकारले केही गर्नु पर्‍यो ।’

    कोरोना भाइरेको आक्रमणमा परेर विश्वमा ३१ हजार ७७१ जनाले ज्यान गुमाइसेको छन् भने, ६ लाख ७८ हजार ९१० जना संक्रमित छन् । नेपालका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
    कोरोना भाइरसबाट बच्न–बचाउन लकडाउन नै अचुक औषधी र उपचार हो । तर, लकडाउनले निमुखालाई घरभित्र भोकै-प्यासै सताइरहेको छ ।

    राहत उपलब्ध गराउन गरिबले सरकारसँग माग गरेका छन् । एकीकृत नमुना मुसरहर बस्तीका अध्यक्ष विल्टु सादा भन्छन्,‘कोरोना भाइरसभन्दा पहिले भोकमरीले नै लग्छ जस्तो छ । सरकारले तुरुन्तै रासन, तरकारी,नुनतेल पठाउनु पर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
  • पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    News

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑