• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    घरमै फिल्म हेर्ने दर्शक बढ्दै, वैकल्पिक माध्यम सिनेमाघरका चुनौती

  • वीरगंज संजाल
  • Sep 3, 2019, 3:46 am
  • ५४८१

    काठमाडौं । नेपाली दर्शकले सिनेमा घरको विकल्प खोज्न थालेका छन् । सिनेमा हलमा गएरभन्दा त्यसको विकल्पमा रहेका माध्यमहरुमा दर्शकको आकर्षण बढ्न थालेको पाइएको छ । हलमा गएर चलचित्र हेर्नभन्दा घरमै बसेर चलचित्र हेर्नेहरु पछिल्लो समय बढ्दै गएका छन् ।

    चलचित्र निर्देशक नरेशकुमार केसी फिङ्गर चिप्समा संसार अटाएपछि त्यसको प्रभाव चलचित्रमा पनि परेको बताउँछन् । “हिजो रिलवाला क्यामेरा थियो, आज डिजिटल क्यामेरा आयो । फोटो एल्बम थियो, आज इन्स्टाग्राम आयो,” उनी भन्छन्, “इन्फरमेशन कन्ज्युम गर्ने तरिका जसरी परिवर्तन हुँदैछ, त्यसैगरी चलचित्र हेर्ने तरिका पनि विस्तारै परिवर्तन हुँदैछ ।”

    समूह बनाएर चलचित्र हेर्न जाने चलन कम हुँदै गएको उनी बताउँछन् । “झुन्ड बनाएर फिल्म हेर्न जाने कल्चर अझै पनि केही बाँकी होला तर यो निकै कम भइसकेको छ । अबको केही वर्षमा यो रहँदैन,” केसी भन्छन्, “समय, प्रविधिको प्रभाव तथा आफ्नो रोजाइ र सुविधामा बसेर हेर्न सक्नेभएपछि हलमा गएर चलचित्र हेर्नेको संख्या कम हुँदैछ ।”

    युट्युब, अमेजन प्राइम, नेटफ्लिक्समा आर्ट, स्टोरी र क्यारेक्टरबे आदिमा चलचित्र घरमै बसेर हेर्न सकिने सकिने भएपछि हल नै जानुपर्ने बाध्यताको अन्त्य भएको केसी बताउँछन् । “‘साहो’, ‘डार्क नाइट’, ‘एभेन्जर’ जस्ता चलचित्र जो हलमै गएर हेर्दा मात्रै त्यसको मजा आउँछ, त्यस्ता चलचित्र मात्रै हेर्न दर्शक हलसम्म जान्छन्,” केसी भन्छन्, “हलसम्म दर्शक तान्न अब सिनेम्याटिक अपिल नै चाहिन्छ, अन्यथा दर्शकले अब हजार रुपैयाँ तिरेर हलमा गएर चलचित्र हेर्दैनन् ।”

    स्टार कास्ट, लार्जरदेन लाइफ स्टोरी र लार्ज पब्लिसिटीले अझै केही वर्ष हलमा दर्शक जान सक्ने उनी बताउँछन् । अहिले अमेजन प्राइम, नेटफ्लिक्स सिनेमा हलको प्रतिस्पर्धी बनिसकेको उनको भनाइ छ । चलचित्रसँगै वेब सिरिज दिएर दर्शक तानिरहेका नयाँ माध्यमले चलचित्र घरहरुको व्यापारमा ठूलो प्रभाव पारिरहेका छन् ।

    दर्शक विस्तारै चुजी हुँदै गएको र चलचित्रको विषय तथा प्रस्तुति हेरेर मात्रै हलमा आउने गरेको वितरक प्रचण्डमान श्रेष्ठ बताउँछन् । नेटफ्लिक्स, अमेजन प्राइम, युट्युब जस्ता माध्यम आएसँगै हलमा दर्शकको संख्या कम हुँदै गएको उनको अनुभव छ । “जुन चलचित्रले आफूलाई कनेक्ट गर्दैन, पैसा खर्च गरेर  किन दर्शक हलमा जान्छ ?” वितरक श्रेष्ठ भन्छन्, “हलसम्म जाने दर्शकको संख्या कम हुँदै जान्छ । अबको एक वषपछि आफूलाई मनपर्ने, आफूलाई छुने चलचित्र बाहेक अन्य चलचित्र हेर्न दर्शक जाँदैनन् ।”

    हलमा नचलेका चलचित्र पनि युट्युबमा राम्रोसँग हेरिनुले पनि यसलाई पुष्टि गर्ने उनी बताउँछन् । हलमा एकै दिनमा उत्रिएका चलचित्र युट्युबमा ट्रेन्डिङमा आउने गरेका छन् । तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दपर्ण छायाँ–२’ हलमा टिक्न नसके पनि युट्युबमा भने लामो समय ट्रेन्डिङमा बस्न सफल भएको थियो ।

    डिजिटल राइट्स महङ्गोमा खरिदबिक्री हुनुले पनि दर्शक कताछन् भन्ने तथ्यलाई संकेत गर्दै आएको छ । राम्रो ब्यानरका नेपाली चलचित्रको डिजिटल राइट्स मात्रै करोडसम्म बिक्री हुने गरेको छ ।

    चलचित्र निर्देशक प्रदीप भट्टराई अमेजन प्राइम, नेटफ्लिक्स जस्ता नयाँ माध्यमलाई विश्वमै चुनौतीकै रुपमा हेरिएको बताउँछन् । अमेजन प्राइम, नेटफ्लिक्सले फिचर फिल्म र वेब सिरिजमा लगानी गरेर आफूतिर दर्शकलाई आकर्षित गरिरहेको निर्देशक भट्टराई बताउँछन् ।

    “विश्वभरी नै अमेजन प्राइम र नेटफ्लिक्सलाई हलको चुनौतीका रुपमा हेरिएको छ । यो चुनौतीबाट बाहिर निस्किन हलमै गएर हेर्दा मजा आउने सिनेम्याटिक चलचित्र बन्नुपर्छ,” निर्देशक भट्टराई भन्छन्, “आउँदै गरेका नयाँ माध्यमको चुनौती सामना गर्ने हो भने सिनेमा घरहरु पनि अपग्रेटेड हुँदै जानुपर्छ ।”

    पुरानो हल र कमजोर साउन्डका कारण पनि घरमै बसेर चलचित्र हेर्नेको संख्या बढ्दै गएको उनी बताउँछन् । “माकुराको जालो लागेका कति हल छन् । त्यस्ता हललाई रिप्लेस गरेर अत्याधुनिक हल बन्नुपर्छ । केही हदसम्म बन्दै पनि छन्,” नेपालसँग जोड्दै उनी भन्छन्, “अहिले नेपाली हलको कमजोर गुणस्तरका कारण पनि घरमै ठूलो स्क्रिन राखेर र साउन्ड सिस्टम राखेर हेर्ने गरेको पाइन्छ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑