सरकारले कोरोना भाइरस नियन्त्रणका लागि पुनः समयसीमा बढाएसँगै राजमार्गको उदयपुर–सिन्धुली–भिमान खण्डमा कार्यरत मजदुर विचल्लीमा परेका हुन् । जेडआईईसी शर्मा लामा जेभी कम्पनी मातहतमा कार्यरत मजदुर एक हप्तादेखि सडकमै बेवारिसे अवस्थामा रहेका छन् ।
‘परिवार काठमाडौंमा कोठा लिएर बस्छन’, उनले भने, ‘न परिवार भएको ठाउँ जान पाइन्छ, न काम नै पाइन्छ, कस्तो लफडामा फसियो ।’ मजदुर शिविरमा २३ जिल्लाका मजदुर रहेको लामा शर्मा जेभिका ईन्जिनियर सिताराम दाहालले बताए । ‘सबैभन्दा बढी बर्दिया जिल्लाका रहेको उनले बताए ।
दाहालकाअनुसार दाङ्ग जिल्लाका ५६, कौलालीका ५३ , दोलखाका २३ र सल्यानका ३० जना मजदुर छन् । अलपत्र परेका मजदुरलाई घरसम्म पुर्याउने जिम्मेवारी कम्पनीको भएकाले प्रशासनसँग समन्वय भइरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराएपछि सवारी व्यवस्था गरेर मजदुरको घर–घर पुर्याउने उनले जानकारी दिए ।
ठूलो संख्यामा मजदुर रहेको सहायक प्रमुख जिल्ला अधिधारी भिमप्रसाद भट्टराइले पुष्टि गरे । ‘मजदुर घर जान नपाएर बसेको खवर आएको छ’, उनले भने, ‘कति संख्यामा छन्, उनीहरूको घर कहाँ हो, सबै विवरण सम्बन्धित कम्पनीसँग मागेका छौँ, काम स्थगन गरेको पत्रसँगै विवरण आएपछि पठाउने व्यवस्था मिलाउँछौ ।’ उनले संख्या ठूलो भएकाले पूर्ण विवरणका लागि समय लाग्ने बताए ।