पर्सा प्रहरी द्वारा इंटीग्रेटेड हेल्पडेस्क संचालनमा
वीरगंज संजाल
१६ चैत्र २०७६, आईतवार २०:१३
११९७१
वीरगन्ज। मुकेश खेतान ।लक डाउनको समयमा स्थानिय हरु लाई अत्यावश्यक औषधि र जरूरत मन्द हरुलाई खाद्य सामाग्री राहत स्वरूप उपलब्ध गराउने उद्देश्यले पर्सा प्रहरी कार्यालयले प्रहरी उपरीक्षक गंगा पन्तको मार्गदर्शनमा इंटीग्रेटेड हेल्पडेस्क सुरुवात गर्नुभएको छ ।
यस अन्तर्गत ९८४४९८२७९० र ९८४४९८२७९९ मा फोन गरि अति आवश्यक औषधि र जो कोही जसले यस लक डाउनमा खानाको बन्दोबस्त गर्नुमा असमर्थ रहनु भएको छ, सेवा लिन सक्नु हुनेछ भने जानकारी हेल्प डेस्कका स्वयं सेवक पीयूष कादमियाले गराउनु भयो।
यस हेल्प डेस्कको सञ्चालनमा वीरगन्ज महानगर पालिका, पर्सा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना,युवा वचन, मानव सेवा आश्रम, सानो पाइला, वीरगन्ज युवा समाज,भोलांटियर समूह र बिपत व्यवस्थापन कार्यदल सहित स्थानिय हरुको पनि सहकार्य रहेको कादमियाले जानकारी गराउनु भयो।