रुपन्देहीमा कोरोनाको आशंकामा आइसोलेनमा रहेका एक जनाको मृत्यु
वीरगंज संजाल
१६ चैत्र २०७६, आईतवार १७:३८
३१२१
बुटवल । कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय युवाको आइतबार मृत्यु भएको हो ।
उनी हाaलै वैदेशिक रोगजारीपछि संयुक्त अरब इमिरेट्सको दुबईबाट फर्किएका थिए भने शुक्रबार उनलाई बुटवलको कोराना अस्पतालको आईसोलेनमा राखिएको थियो ।
उनको स्वाव परीक्षणका लागि काठमाडौ पठाइएको तर रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ ।
काठमाडौंबाट रिपोर्ट आएपछि उनको कोरोना भाइरसका कारणले मृत्यु भएको हो वा होइन भन्ने बारे खुल्ने अस्पतालले जनाएको छ ।