• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    लक डाउन : ग्यासको आयात घट्यो

  • वीरगंज संजाल
  • Mar 28, 2020, 5:05 pm
  • ३१३१

    वीरगन्ज | नेपाल र भारतमा लक डाउन भएयता भारतबाट वीरगन्ज नाकाहुँदै ग्याँसको आयातमा कमी आएको छ। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० गते देखि सीमा नाका बन्द गरिएको हो भने ११ देखि एक साताका लागि लकडाउन पनि गरिएको छ।

    भारतमा पनि चैत १२ देखि २१ दिनका लागि लक डाउन गरिएको छ।लक डाउनमा अतिआवश्यक वस्तुको आयात निर्यातमा कुनै अवरोध नहुने दुवै देशका सरकारले जनाएका छन् ।

    तर लक डाउन भएयतादेखि भने भारतबाट ग्याँसको आयातमा कमी आएको छ । नेपाल आयल निगमका अनुसार, सामान्य अवस्थामा भारतबाट वीरगन्ज नाकाहुँदै दैनिक औसतमा ५० देखि ५५ बुलेट एलपी ग्याँस नेपाल भित्रिन्छ ।

    तर, लक डाउन भएको चैत ११ देखि यता भारतबाट वीरगन्ज नाकाहुँदै दैनिक औसतमा २७ बुलेट ग्याँस मात्र भित्रिरहेको छ ।  चैत ११ देखि शुक्रबार सम्म ४ दिनको अवधीमा भारतबाट वीरगन्ज नाकाहुँदै १ सय ८ बुलेटमा १९ लाख २५ हजार ७ सय केजी मात्रै ग्याँस नेपाल भित्रिएको नेपाल आयल निगम शाखा कार्यालय वीरगन्जका प्रमुख राम कुमार न्यौपानले जानकारी दिए ।

    चैत ११ मा ३१ बुलेट , चैत १२ मा ३५ बुलेट , चैत १३ मा १२ बुलेट र शुक्रबार चैत १४ मा ३० बुलेट ग्याँस वीरगन्ज नाका हुँदै भित्रिएको हो ।  चैत १० मा ५४ बुलेट ग्याँस भित्रिएकोमा त्यस यता भने लकडाउन भएपछि दैनिक औसतमा २७ बुलेट मात्रै आयात भइरहेको न्यौपानले बताए ।

     नेपाल र भारत दुवै देशमा अचानक लक डाउन भएपछि वीरगन्ज नाका हुदै आयात हुने ग्यासको परिमाणमा केहि कमी आएको उनले बताए । लक डाउनका कारण भारतको बरौनी स्थित आइओसीको रिफाइनरी प्लाण्ट पनि प्रभावित भएकाले नेपालमा ग्याँसको आयातमा असर परेको हुनसक्ने न्यौपानले बताए ।

    वीरगन्ज नाकाहुँदै भित्रिने ग्यास बरौनीको रिफाइनरीबाट बुलेटमा आउँछ, उनले भने, ‘भारतमा पनि अचानक जनता कर्फ्यू र लकडाउन भएपछि बरौनीको रिफाइनरीमा उत्पदान र लोडअनलोड दुवै प्रभावित भयो , त्यसैको असर ४ दिन देखि परेको हो ।
    तर आइतबारदेखि भने फेरि साबिककै परिमाणमा ग्यास आयात हुने सम्भावना पनि रहेको न्यौपानेले बताए। नेपाल ग्यास बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष महेश्वर कुमानर श्रेष्ठले पनि नेपाल र भारत दुवै देश लकडाउन भएकाले त्यसको असर ग्यासको आयातमा पनि परेको बताए ।

    नेपालका लागि ग्यास आयात हुने बरौनीको रिफाइनरी प्लाण्टमा पनि लक डाउनको असर परेकाले नेपालमा ग्यासको आयात प्रभावित भएको उनले बताए । भारतका रिफाइनरी प्लाण्टबाट ग्याँस बोकेर आउने बुलेट बीच बाटोमा पन्चर वा बिग्रियो भने मर्मत गर्ने ग्यारेज सबै बन्द छन्, उनले भने, ‘होटल लज पनि बन्द छन्। बुलेटका चालकले खाना पाइरहेका छैनन्। यी कारणले पनि ग्यास आयातमा समस्यमा भइरहेको हो।’

    उद्योगले ग्यास नपपठाएपछि डिलर बन्द

    यता ग्यास बोटलिङ उद्योगले बजारमा माग अनुसारको ग्यास नपठाएका कारण वीरगन्जमा रहेका ग्यास उद्योगका केही आधिकारिक बिक्रेता (डिलर) हरुले पसल नै बन्द गरिदिएका छन् ।
    मनोज ग्यास उद्योगको आधिकारीक बिक्रेता मिखा ट्रेडर्सका सन्चालक गणेश श्रेष्ठले उद्योगले माग अनुसारको ग्यास सिलिण्डर पठाउन छाडेपछि ३ दिनदेखि पसल नै बन्द गरेर घरमा बसेको बताए ।

    दैनिक ५ सय ग्राहक खाली सिलण्डर लिएर पसल अगाडि लाइनमा लाग्छन्, उनले भने, ‘तर उद्योगले २/३ दिन बिराएर ५० वटा मात्र भर्ती सिलण्डर पठाउँछ त्यसैले गाली खानु भन्दा ३ दिनदेखि पसल नै बन्द गरेर घरमा बसेको छु। 

    १ देखि ४ शुक्रबार वीरगन्ज भन्सारको आइसीपी अगाडिको सडकमा रहेका ग्यास बुलेटहरु । तस्बीर :क्रान्ति शाह

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑