पोखरीया | लकडाउनको मौका छोपी कालोबजारी गरेको भन्दै पर्साको पोखरीयामा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरीया नगरपालिका वडा नम्बर ४ मा रहेको एक पसलले उचित मुल्यभन्दा बढीमा चामलको विक्रिवितरण गरेको सुचना आधारमा अनुगमन गर्न पुगेको प्रहरीले ३ किराना पसल सञ्चालहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा पोखरीया नगरपालिका वडा नम्बर ४ बस्ने २५ वर्षिय सन्तोष गुप्ता, सोही वडा निवासी २३ वर्षिय बिजय कुमार साह र २२ वर्षिय दिलिप नुनिया रहेको ईलाखा प्रहरी कार्यालय पाखरीयाले जनाएको छ । पक्राउ परेको तीनै पसललेहरुले १६०० रुपैया पर्ने चामललाई १८०० रुपैँयामा विक्रिवितरण गरिरहेका पाइएको थिए । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको छ ।