वीरगञ्ज | कोरोना संक्रमणको जोखिम न्युन राख्न सरकारले लकडाउन गरिरहेकै बेला कोरोनाबाट संक्रमीत थप एक जना बिरामी भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । यससँगै नेपाल कोरोना संक्रमीतको संख्या ३ पुगेको छ । जसमध्ये एक जना उपचार पछि घर फर्किएका छन् ।
यस अघि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो । उनको उपचार भईरहेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।
बुधबार तेस्रो संक्रमित भेटिएका छन् । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे । संक्रमीतबारे थप जानकारी आउन बाँकी छ ।